अजरबैजानमा हवाई आक्रमणमा नौ बालबालिकाको मृत्यु

अजरबैजानमा पछिल्लो समयमा अर्मेनियासँगको झडपका कारण हवाई आक्रमणमा परेर कम्तीमा नौ जना बालबालिकाको ज्यान गएको छ ।

अजरबैजानको शिक्षा मन्त्रालयले अजरबैजान र अर्मेनियाबीचको विवादग्रस्त क्षेत्रमा भएको सो द्धन्द्धमा परेर ती बालबालिकाको ज्यान गएको जनाएको हो ।

अजरबैजान र अर्मेनियाबीच पछिल्ला केही हप्ता विवादास्पद क्षेत्र नागोर्नाे काराबाखमा द्धन्द्ध जारी रहेको छ । त्यहाँ भएका एक अर्का विरुद्धका आक्रमणहरुमा सयौँ नागरिकले ज्यान गुमाएका छन् ।

यी दुई देशका बीचमा दुई पटकसम्म युद्धबिराम भएको भएपनि युद्धविरामको पालना नभएको बताइएको छ । जसका कारण अहिले पनि द्धन्द्ध जारी नै रहेको छ । अजरबैजानका शिक्षामन्त्री अमिन अम्रुल्याएभले सो कुराको जानकारी दिनुभएको हो ।

उनले उक्त क्षेत्रमा पछिल्लो समयमा शुरुको भएको दुई देशबीचको द्धन्द्धका कारण नौ जना छात्रछात्राको ज्यान गएकोबताएका छन् ।

शिक्षामन्त्री अम्रुल्याएभले गत सेप्टेम्बर महिनाबाट जारी रहेको यस द्धन्द्धमा परेर विद्यालयमा अध्ययनरत नौ जना छात्रछात्राको ज्यान गएको बताएका हुन्

। दुई देशका बीचमा गएको सेप्टेम्बर २७ मा युद्ध भड्किएको थियो र त्यसयता आक्रमण जारी रहेको बताइएको छ । नोगोर्नो काराबाख क्षेत्रलाई आफ्नो दावी गर्दै दुवै आक्रमण गरिरहेका छन् ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?