पछिल्लो २४ घण्टामा थप १ हजार ९ सय १३ जनामा कोरोना पुष्टि

दार्चुला । नेपालमा कोरोना भाइरस (कोभिड–१९) का सङ्क्रमितको सङ्ख्या दुई लाख चार हजार दुई सय ४२ पुगेको छ । बिहीबार थप एक हजार नौ सय १३ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

त्यस्तै गएको २४ घण्टामा दुई हजार तीन सय ४९ जना निको भएर फर्किएसँगै डिस्चार्ज हुनेको सङ्ख्या एक लाख ६४ हजार पाँच सय ९२ पुगेको छ ।

अब नेपालमा ३८ हजार चार सय ६१ जना सक्रिय सङ्क्रमित आइसोलेशनमा रहेका छन् । यस्तै नौ सय ७४ ना क्वरेण्टीनमा रहेको मन्त्रालयले जनाएको छ ।

यस्तै गएको २४ घण्टामा १५ जनाको ज्यान गएसँगै कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या एक हजार एक सय ८९ पुगेको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?