दार्चुला। दार्चुलाका नौ वटा स्थानीय तहमध्ये छ वटा स्थानीय तहमा कोरोनाका सक्रिय संक्रमित शुन्य रहेका छन् । महाकाली नगरपालिका, शैल्यशिखर नगरपालिका, मालिकार्जुन गाउँपालिका, मार्मा गाउँपालिका, अपिहिमाल गाउँपालिका र नौगाड गाउँपालिका कोरोनामुक्त रहेको स्वास्थ्य कार्यालयका दार्चुलाले जनाएको छ ।
अहिले दार्चुलाका तीन वटा स्थानीय तहमा चार जना मात्रै सक्रिय संक्रमित रहेका छन् ।
तत्काल दुहुँ गाउँपालिकामा दुई जना तथा लेकम गाउँपालिका र ब्यास गाउँपालिकामा एक÷एक जना गरी तीन स्थानीय तहका चार जना मात्रै सक्रिय सक्रमित रहेको स्वास्थ्य कार्यालय दार्चुलाले जनाएको छ ।
दार्चुलाको अपिहिमाल र नौगाड गाउँपालिकामा हालसम्म संक्रमित फेला परेका छैनन् । सात वटा स्थानीय तहका २६१ जनामा कोरोना सक्रमण पुष्टि भएकोमा २५७ जना कोरोना जितेर डिस्चार्ज भइसकेका छन् ।
गत चत्रै २९ गते देखि हाल सम्म तीन हजार पाँच सय ६६ जनाको पीसीआर परीक्षण गरिएको स्वास्थ्य कार्यालय दार्चुलाले जनाएको छ ।





प्रतिक्रिया