दार्चुला। सरकारले स्थानीय तहहरुलाई अस्पतालको भवन शिलान्यास गर्ने व्यवस्था मिलाउन निर्देशन दिएको छ ।

सरकारले यही मंसिर १५ गते देशभरका तीन सय ९६ वाटा स्थानीय तहमा पाँचदेखि १५ शैयाको अस्पताल संचालनका लागि निर्माण हुने भवन शिलान्यास गर्ने निर्णय गरेको ।

भवन शिलान्यासका लागि व्यवस्था मिलाउन निर्देशन दिएको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको छ ।

अर्थमन्त्री विष्णु पौडेल र स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले एकैसाथ सोही दिन स्थानीय तहका अस्पताल भवनको शिलान्यास गर्ने कार्यक्रम रहेको जनाइएको छ ।

सात सय ५३ स्थानीय तहमध्ये ६४९ तहमा अहिलेसम्म अस्पताल नै सञ्चालन भएका छैनन् ।

तीमध्ये पहिलो चरणमा ३९६ स्थानीय तहमा सरकारले अस्पताल बनाउन थालेको मन्त्रालयले स्पष्ट पारेको छ ।

अर्थ मन्त्रालयले पहिलो चरणमा ३९६ स्थानीय तहलाई पाँचदेखि १५ शैयाको अस्पताल बनाउन बजेट विनियोजन गरिसकेको छ ।

यसैगरी मन्त्रालयले पाँच शैयाको अस्पतालका लागि ७० लाख, १० शैयाको लागि ८५ लाख र १५ शैयाको लागि एक करोड पठाइसकेको छ ।

प्रतिक्रिया

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?