सोमबार सुदूरपश्चिम प्रदेशका २ वटा प्रयोगशालामा ३ सय ५३ जनाको परीक्षण गर्दा थप ५२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
सेती प्रादेशिक अस्पताल र डडेल्धुरा अस्पताल डडेल्धुराको प्रयोगशालामा पछिल्लो २४ घण्टामा ३ सय ५३ जनाको परीक्षण गर्दा थप ५२ जनामा संक्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालयका प्रवक्ता नरेन्द्र कार्कीले जानकारी दिनुभयो ।
सेती प्रादेशिक अस्पताल प्रयोगशालामा पछिल्लो २४ घण्टामा २ सय ५६ जनाको परीक्षण गर्दा ३७ जनामा संक्रमण पुष्टि भएको उहाँले बताउनुभयो ।
अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले कैलालीको धनगढी उपमहानगरपालिकाका २५ जनामा संक्रमण देखिएको जानकारी दिनुभयो ।
डडेल्धुरा अस्पताल डडेल्धुरामा भने ९७ नमूना परीक्षण गर्दा थप १५ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयका प्रवक्ता कार्कीले बताउनुभयो ।
यो सँगै सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या ११ हजार १ सय ९२ पुगेको छ ।
प्रदेशभर संक्रमण पुष्टि भएका ९ हजार ४७ जनाले कोरोना जितेका छन् भने ५० जनाको मृत्यु भएको छ ।
नेपालमा कोरोना सङ्क्रमणबाट मुक्त हुने दुई लाख नाघे
नेपालमा कोरोना भाइरसको सङ्क्रमणबाट मुक्त हुनेको सङ्ख्या दुई लाख नाघेको छ । गएको २४ घण्टामा तीन हजार ४३ जना कोरोनामुक्त भएसँगै कोरोनालाई जित्नेको सङ्ख्या दुई लाख दुई हजार ६७ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
यस्तै गएको २४ घण्टामा एक हजार नौ सय ८० जनामा कोरोना भाइरसको सङ्क्रमण देखिएको छ । योसँगै नेपालमा सङ्क्रमितको कुल सङ्ख्या दुई लाख २२ हजार दुई सय ८८ पुगेको छ । पछिल्लो २४ घण्टामा १० हजार तीन सय ८१ जनाको पीसीआर परीक्षण भएको थियो ।
सोमबार नेपालमा सक्रिय सङ्क्रमितको सङ्ख्या १८ हजार आठ सय ८४ छ । त्यस्तै ६ सय २९ जना क्वरेण्टीनमा छन् ।
यस्तै गएको २४ घण्टामा १६ जनाको ज्यान गएसँगै सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या एक हजार तीन सय ३७ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।





प्रतिक्रिया