२४ घण्टामा थपिए १ हजार ७९० काेराेना सङ्क्रमित

नेपालमा काेराेना भाइरस (काेभिड–१९) का सङ्क्रमितको सङ्ख्या दुई लाख २४ हजार ७८ पुगेकाे छ । मङ्गलबार थप एक हजार सात सय ९० जनामा सङ्क्रमण पुष्टि भएकाे स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएकाे छ ।

१० हजार आठ सय ४३ जनाकाे नमुना परीक्षण गर्दा एक हजार सात सय ९० जनामा सङ्क्रमण देखिएकाे हाे । त्यस्तै गएकाे २४ घण्टामा दुई हजार सात सय ९१ जना निकाे भएर फर्किएसँगै डिस्चार्ज हुनेकाे सङ्ख्या दुई लाख चार हजार आठ सय ५८ पुगेको छ ।

अब नेपालमा १७ हजार आठ सय ५९ जना सक्रिय सङ्क्रमित आइसाेलेशनमा रहेका छन् । यस्तै ६ सय २७ जना क्वरेण्टीनमा रहेकाे मन्त्रालयले जनाएको छ ।

२४ घण्टामा थप २४ जना सङ्क्रमितकाे ज्यान गएसँगै काेराेनाबाट ज्यान गुमाउनेकाे सङ्ख्या एक हजार तीन सय ६१ पुगेकाे छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?