दार्चुला । राष्ट्रिय भिटामीन ए कार्यक्रम अन्तर्गत दार्चुलाका १३ हजार ४८ जना बालबालिकाहरुलाई भीटामीन ए क्याप्सुल खुवाइदै छ । यस्तै ११ हजार ५४३ जना बालबालिकाहरुलाई जुकाको औषधि खुवाइदै छ ।

६ महिनादेखि ५९ महिना सम्म बालबालिकाहरुलाई भिटामीन ए र १२ महिनादेखि ५९ महिना सम्मका बालबालिकाहरुलाई जुकाको औषधि खुवाइने स्वास्थ्य कार्यालय दार्चुलाका प्रमुख एबं जनस्वास्थ्य अधिकृत जयराज भट्टले जानकारी दिनुभयो ।

बिहीबार र शुक्रबार दुई दिन बालबालिकाहरुलाई भिटामीन ए, जुकाको औषधि र बालभिटा खुवाइने स्वास्थ्य कार्यालयका प्रमुख भट्टले बताउनुभयो । यसका लागि ३७२ जना महिला स्वास्थ्य स्वयंसेविकाहरु परिचालन गरिएका छन् । प्रत्येक स्वास्थ्य संस्थाका स्वास्थ्यकर्मीहरु समेत परिचालन गरिएको बताइएको छ ।

जिल्लाका सबै स्थानीय तहका प्रतेक वडा र विभिन्न टोलहरुबाट औषधी खुवाइदै छ । नजिकको वितरण केन्द्र, खोपकेन्द्र तथा स्वास्थ्य संस्थामा लगेर आफ्ना बालबालिकाहरुलाई भिटामिन ए र जुकाको औषधि खुवाउन स्वास्थ्य कार्यालय दार्चुलाले आग्रह गरेको छ ।

यसैबिच बैतडीमा राष्ट्रिय भिटामीन ए कार्यक्रम अन्तर्गत २३ हजार ९३९ जना बालबालिकाहरुलाई भीटामीन ए क्याप्सुल खुवाइने भएको छ । यस्तै २१ हजार ७७ जना बालबालिकाहरुलाई जुकाको औषधि खुवाउने कार्यक्रम रहेको स्वास्थ्य कार्यालयले जनाएको छ ।

यस्तै ६ महिनादेखि २ बर्ष मुनिका बालबालिकाहरुलाई बालभिटा खुवाउने कार्यक्रम समेत रहेको स्वास्थ्य कार्यालय बैतडीले जनाएको छ ।

यसैबिच सरकारले कोराना भाइरसको संक्रमणसँग मिल्ने लक्षण भएका बालबालिकालाई भिटामिन ए को क्याप्सुल नखुवाउन आग्रह गरेको छ । भिटामिन ए क्याप्सुल खुवाउने समयमा यदि कुनै बच्चा वा स्याहारकर्तालाई ज्वरो आएको वा अन्य कोरोनासँग मिल्दोजुल्दो लक्षणहरू देखिएको छ भने भिटामिन ए को क्याप्सुल नखुवाउन स्वास्थ्य मन्त्रालयले आग्रह गरेको हो ।

ज्वरो निको भइसकेपछि मात्र नजिकको स्वास्थ्य संस्थाबाट भिटामिन ए क्याप्सुल खुवाउने जानकारी महिला स्वास्थ्य स्वयंसेविकाहरूमार्फत सर्वसाधरणसम्म पुर्याउन स्वास्थ्य मन्त्रालयले भनेको छ । यसअघि कात्तिक महिनामा नै भिटामिन ए र जुकाको औषधि खुवाउने गरिए पनि यस पटक कोरोना भाइरसको जोखिमका कारण पछाडि धकेलिएको हो । परिवार कल्याण महाशाखाका निर्देशक डाक्टर भीम सिङ तिङ्करीले आज र भोलि देशभरि नै भिटामिन ए र जुकाको औषधि खुवाउने जानकारी दिनुभयो ।

सरकारले हरेक वर्ष वैशाख र कात्तिक महिनामा पाँच वर्षसम्मका बालबालिकालाई भिटामिन र जुकाको औषधि खुवाउने अभियान चलाउँदै आएको छ । कोरोना संक्रमणलाई ध्यानमा राख्दै महिला स्वास्थ्य स्वयंसेविकाले नियमित दिदै आएको ६ देखि ५९ महिनासम्मका बालबालिकाहरूको पाखुराको नाप अहिलेलाई भने स्थगित गरिएको छ ।

प्रतिक्रिया

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?