२४ घण्टामा थप १ हजार ४ सय ७४ जनामा कोरोना पुष्टि

दार्चुला । नेपालमा कोरोना भाइरस (कोभिड–१९) का सङ्क्रमितको सङ्ख्या दुई लाख ३३ हजार चार सय ५२ पुगेको छ । सोमबार थप एक हजार चार सय ७४ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

नौ हजार ६ सय ११ जनाको नमुना परीक्षण गर्दा एक हजार चार सय ७४ जनामा सङ्क्रमण देखिएको हो । त्यस्तै गएको २४ घण्टामा एक हजार नौ सय ३१ जना निको भएर फर्किएसँगै डिस्चार्ज हुनेको सङ्ख्या दुई लाख १४ हजार पाँच सय २१ पुगेको छ ।

अब नेपालमा १७ हजार चार सय २३ जना सक्रिय सङ्क्रमित आइसोलेशनमा रहेका छन् । यस्तै पाँच सय ३५ जना क्वरेण्टीनमा रहेको मन्त्रालयले जनाएको छ ।

२४ घण्टामा थप २९ जना सङ्क्रमितको ज्यान गएसँगै कोरोनाबाट ज्यान गुमाउनेको सङ्ख्या एक हजार पाँच सय आठ पुगेको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?