बैतडी : ७ स्थानीय तहमा अस्पताल शिलान्यास

दार्चुला । बैतडीका ७ ओटा स्थानीय तहमा अस्पतालहरु शिलान्यास गरिएका छन् ।

जिल्लामा ७ ओटा स्थानीय तहमा १५ र १० शैय्याका अस्पताल शिलान्यास गरिएका स्वास्थ्य कार्यालयका बैतडीले जनाएको छ ।

जिल्लाको पाटनमा र पुर्चौंडी नगरपालिकाको न्वाउदेउमा १५ शैय्याको अस्पातल स्थापना गरिएको छ । यस्तै सुर्नयाको रौलेश्वरमा, डिलाशैनी गाउँपालिको वडा नम्बर ७ धामीगाउँमा, शिवनाथ गाउँपालिकाको सुल्लेखानमा, पञ्चेश्वर गाउँपालिकाको कुलाउमा र दोगडाकेदार गाउँपालिकाको सित्तडमा १० शैय्याको अस्पताल शिलान्यास गरिएको छ ।

संघीय सरकारले १५ शैय्याको अस्पातलका लागि १ करोड र १० शैय्याको अस्पातलको लागि ८५ लाखका दरले बजेट पठाएको छ । पालिकास्तरमा अस्पातल भवन बन्ने भएपछि स्थानीय नागरिकको स्वास्थ्य सेवामा पहुँच बढ्ने विश्वास गरिएको छ ।

स्थानीयस्तरमा निर्माण शुरु भएका अस्पतालले नागरिकको आधारभूत स्वास्थ्य सेवामा पहुँच बढ्दै जाने पाटन नगरपालिकाका प्रमुख केशवबहादुर चन्दले जानकारी दिनुभयो । पाटनमा १५ शैय्याको अस्पातलको शिलान्यास गर्दै उहाँले स्वास्थ्य सेवा नागरिकको आधारभूत सेवा भएकाले यो सेवा प्रात्याभूतका लागि स्थानीय सरकारको तर्फबाट भरसक पहल भईरहेको बताउनुभयो ।

पालिकास्तरमा स्थापना भएका अस्पातलले स्वास्थ्य सेवा सुदृढिकरणमा सहयोग पुग्ने शिवनाथ गाउँपालिकाका अध्यक्ष कर्णसिंह साउँदले जानकारी दिनुभयो । दुर्गम क्षेत्रमा समेत अस्पताल शिलान्यास भएपछि नागरिक खुसी भएका पञ्चेश्वर गाउँपालिकाका प्रवक्ता दशरथ मंगोलाले जानकारी दिनुभयो ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?