२४ घण्टामा ८३० जनामा कोरोना पुष्टि, २ लाख ३५ हजार संक्रमण मुक्त

दार्चुला । गएको २४ घण्टामा नेपालमा आठ सय ३० जनालाई कोरोना भाइरसको सङ्क्रमण भएको छ ।

योसँगै नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या दुई लाख ४८ हजार चार सय २३ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

गएको २४ घण्टामा पाँच हजार एक सय ८१ जनाको पीसीआर परीक्षण भएकोमा आठ सय ३० जनामा सङ्क्रमण देखिएको हो । नेपालमा अहिले १० हजार नौ सय ९४ जना सक्रिय सङ्क्रमित छन् ।

यस्तै, आइतबार एक हजार पाँच सय जना कोरोना सङ्क्रमणमुक्त भएसँगै निको हुनेको सङ्ख्या दुई लाख ३५ हजार सात ३१ पुगेको छ ।

गएको २४ घण्टामा कोरोना भाइरसको सङ्क्रमणका कारण नौ जनाको ज्यान गएको छ । योसँगै सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या एक हजार ६ सय ९८ पुगेको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?