दार्चुला । सोमबार सुदूरपश्चिम प्रदेशका ४ वटा प्रयोगशालामा झण्डै चार सयको परीक्षण गर्दा थप ७० जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
सेती प्रादेशिक अस्पताल, डडेल्धुरा अस्पताल, जिल्ला अस्पताल बझाङ प्रयोगशाला र अछामको कमलबजार नगरपालिकाको प्रयोगशालामा पछिल्लो २४ घण्टामा ३ सय ८४ जनाको परीक्षण गर्दा थप ७० जनामा संक्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालयका प्रवक्ता नरेन्द्र कार्कीले जानकारी दिनुभयो ।
सेती प्रादेशिक अस्पताल प्रयोगशालामा १ सय ९७ जनाको नमूना परीक्षण गर्दा ५३ जना, कमलबजार नगरपालिकाको प्रयोगशालामा १ सय २८ जनाको नमूना परीक्षण गर्दा ११ जना, जिल्ला अस्पताल बझाङमा ४१ जनाको नमूना परीक्षण गर्दा ४ जना र डडेल्धुरा अस्पताल प्रयोगशालामा १८ जनाको परीक्षण गर्दा २ जनामा संक्रमण पुष्टि भएको कार्कीले बताउनुभयो ।
यस्तै कैलालीकै गोदावरी नगरपालिकाका २ जना, कञ्चनपुरको बेलौरी नगरपालिकाका ४ जना, भीमदत्त नगरपालिकाका २ जना, त्यसैगरी शुक्लाफाँटा नगरपालिका र बेलडाडी गाउँपालिकाका १÷१ जनामा समेत संक्रमण पुष्टि भएको छ।
यो सँगै सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या १२ हजार ७ सय ९५ पुगेको छ भने ६६ जनाको मृत्यु भएको छ ।





प्रतिक्रिया