नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या २ लाख ५० हजार नाघ्यो

दार्चुला । नेपालमा कोरोना भाइरसबाट सङ्क्रमित हुनेको सङ्ख्या दुई लाख ५० हजार नाघेको छ ।

पछिल्लो २४ घण्टामा थप नौ सय ३६ जनामा सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको कुल सङ्ख्या दुई लाख ५० हजार एक सय ८० पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

त्यस्तै, पछिल्लो २४ घण्टामा एक हजार नौ सय ९६ जना सङ्क्रमणमुक्त भएर घर फर्किएसँगै कोरोनाबाट निको हुनेको सङ्ख्या दुई लाख ३८ हजार पाँच सय ६९ पुगेको छ ।

गएको २४ घण्टामा सात हजार एक सय १७ जनाको पीसीआर परीक्षण भएको हो । अहिले नेपालमा ९ हजार आठ सय ८१ जना सक्रिय सङ्क्रमित आइसोलेशनमा रहेका छन् भने चार सय ५७ जना क्वरेण्टीनमा रहेको मन्त्रालयले जनाएको छ ।

पछिल्लो पटक कोरोना भाइरसको सङ्क्रमणका कारण १४ जनाको ज्यान गएको छ । योसँगै सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या एक हजार सात सय ३० पुगेको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?