सुदूरपश्चिममा थप ६ जना पुरुषमा कोरोना पुष्टि, संक्रमितको सङख्या ९२ पुग्यो

दार्चुला । सुदूरपश्चिमकाे धनगढीस्थित कोरोना परीक्षण प्रयोगशालामा थप ६ जनामा कोरोना पुष्टि भएको छ ।

आज डडेल्धुराका ५ र कैलालीका एक जनामा कोरोना पुष्टि भएको हो। डडेल्धुराको गन्यापधुरा गाउँपालिका वडा नम्वर १ का १७ र ३८ बर्षीय पुरुष, वडा नम्वर २ का १९, २४ र ५७ बर्षीय पुरुष तथा कैलालीको जानकी गाउँपालिका वडा नम्वर ७ का १६ बर्षीय पुरुषमा कोरोना पुष्टि भएको हो।

योसंगै सुदूरपश्चिममा संक्रमितको सङख्या ९२ पुगेको छ। सुदूरपश्चिमका ९२ जना संक्रमित मध्ये ८९ जना प्रदेशभित्रै रहेका छन् भने एक जना संक्रमितको मृत्यु भईसकेको छ। एक जना बझाङ र एक जना बाजुराका संक्रमितको भने कर्णाली प्रदेशमा उपचार भईरहेको छ।

संक्रमित मध्ये ७ जना प्रदेशभित्रका विभिन्न अस्पतालबाट डिस्चार्ज भईसकेका छन्।

सबैभन्दा बढि कैलालीका ४० जना, अछामका १४, कञ्चनपुरमा १०, डोटीका १०, बैतडीका र डडेल्धुरामा ६/६, बाजुराका तीन, बझाङमा दुई र दार्चुलाका एक जनामा कोरोना पुष्टि भएको छ।

अहिलेसम्म धनगढीको प्रयोगशालाबाट ७५, सुर्खेतको प्रयोगशालाबाट १२, र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट ५ जनामा कोरोना पुष्टि भएको छ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?