भारतको उत्तराखण्डमा हिमताल फुट्दा धौलीगङ्गा नदीमा बाढी

दार्चुला । भारतको उत्तराखण्डमा हिमताल फुटेर ठूलो बाढी गएको छ । चमोली जिल्लाको जोशीमठमा हिमताल फुट्दा धौलीगङ्गा नदीमा बाढी आएको बीबीसी हिन्दीले जनाएको छ ।

हिमताल फुटेपछिको नदीमा आएको बाढी विभिन्न गाउँमा पसेको र घरहरू क्षति गरेको खबरमा उल्लेख छ । हिमताल फुटेको सूचना पाएपछि प्रहरीसहित जिल्ला प्रशासन कार्यालयको टोली घटनास्थलतर्फ गएको बीबीसीले जनाएको छ ।

हिमताल विस्फोटपछि आएको बाढीले ऋषि गङ्गा जलविद्युत् आयोजनामा ठूलो क्षति पुगेको आशङ्का गरिएको छ । समाचार एजेन्सी पीटीआईका अनुसार यस आयोजनामा काम गरिरहेका एक सय ५० मजदुर गायब भएका छन् ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?