दार्चुला । गुल्मीका भेन्टिलेटरमा उपचाररत एक पुरुषकाे काेराेना संक्रमका कारण मृत्यु भएकाे छ । पेशाले शिक्षक रहेका उहाँकाे हिजाे नै मृत्यु भएकाे खबर विभिन्न सञ्चारमाध्यम र सामाजिक सञ्जालमा अाएपनि बिहिबार बिहान मात्रै मृत्यु भएकाे हाे ।

यसैबिच थप १७ जनामा कोरोना पुष्टि भएसँगै नेपालमा जम्मा कोरोना सङ्क्रमितको सङ्ख्या ४ सय ४४ पुगेको छ । झापा, धनकुटा र सुनसरी जिल्लाका नागरिकमा कोरोना देखिएको हो ।

स्वास्थ्य मन्त्रालयका अनुसार  झापाको कचनाकवल गाउँपालिकामा १५ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । मन्त्रालयका सहप्रवक्ता समिर कुमार अधिकारीका अनुसार कचनाकवल गाउँपालिकाको वडा नम्बर ३, ६ र ८ मा कोरोना सङ्क्रमित फेला परेका हुन् । उनीहरु १८ वर्षदेखि ४६ वर्ष उमेर समूहका पुरुष रहेको पनि उहाँले बताउनुभयो ।

धनकुटा निवासी ३४ वर्षीय पुरुष र सुनसरीको धरान उपमहानगरपालिका निवासी ५१ वर्षीया महिलामा पनि कोराना पुष्टि भएको  अधिकारीले बताउनुभयो ।

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान र प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा गरिएको परीक्षणमा १७ जना नयाँ संक्रमित फेला परेको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया

भर्खरै प्रकाशित

 

स्वस्थानी व्रत कथा शुरू, रेडियो लोकदर्पणमा ज्यो. ईन्द्रदेव जोशीको प्रस्तुती (भिडियोसहित)

२०८१ पुष २९, सोमबार ०८:३०

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?