दार्चुला । सुदूरपश्चिम प्रदेशमा थप चार जनामा कोरोना पुष्टि भएको छ। शुक्रवार ५ जनामा कोरोना पुष्टि भएकोमा आज थप चार जनामा पुष्टि भएको सेती प्रादेशिक अस्पतालले जनाएको छ। योसंगै प्रदेशभरी संक्रमितको सङख्या १४ पुगेको छ।

आज थपिएका चारै जना संक्रमितलाई सेती अस्पतालको आईसोलेसनमा राखिएको छ।उनीहरु बैतडीको शिवनाथ गाउँपालिकाका वडा नम्वर १ र २ का २०, २०, २२ र २७ बर्षीय पुरुष हुन्।

शुक्रवार मात्रै कैलालीको जानकी गाउँपालिकाको सरस्वती माविको क्वारेन्टाइनमा रहेका १९, २३ र २६ बर्षीय युवक, डडेल्धुराको परशुराम नगरपालिका वडा नम्वर १० का २८ बर्षीय युवक र बैतडीको शिवनाथ गाउँपालिकाका २२ बर्षीय युवकमा कोरोना पुष्टि भएको थियो। उनीहरुको टीकापुर, डडेल्धुरा र बैतडी अस्पतालमा उपचार भईरहेको छ।

सुदूरपश्चिम प्रदेशमा गत चैत १४ गते पहिलो कोरोना संक्रमित फेला परेका थिए। धनगढी उप–महानगरपालिका वडा नम्वर ५ का ३४ बर्षीय पुरुषमा कोरोना पुष्टि भएको थियो।त्यसपछि चैत २२ गते थप तीन जनामा कोरोना पुष्टि भएको थियो।

धनगढी उप–महानगरपालिका वडा नम्वर ५ की ३४ बर्षीय महिला, कैलाली लम्कीका २१ बर्षीय युवक र कञ्चनपुरको बेदकोट नगरपालिकाका ४१ बर्षीय युवकमा कोरोना पुष्टि भएको थियो।बैशाख १ गते लम्की चुहा नगरपालिका वडा नम्वर १ की ६१ बर्षीय महिलामा पनि कोरोना पुष्टि भएको थियो। त्यसयता सुदूरपश्चिममा नयाँ संक्रमित भेटिएका थिएनन्।

सुदूरपश्चिमका ५ जना संक्रमितले कोरोनालाई जितिसकेका छन्।

शनिबार नेपालमा थप ३६ जनामा कोरोना संक्रमण देखिएको छ । जसमध्ये सबैभन्दा धेरै बाँकेको नरैनापुरका रहेका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ५ सय ८४ पुगेको छ । बाँकेमा २७ जना, बैतडीमा ४ जना, बर्दियामा १ जना, झापामा १ जना र सुर्खेतमा ३ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिनुभयाे ।

बाँकेका संक्रमित सबै नरैनापुर गाउँपालिका हुन् । बैतडीको शिवनाथ गाउँपालिकामा, बर्दियाको बढैयाताल गाउँपालिकामा १ जना, झापाको झापा गाउँपालिकामा १ जना संक्रमित भेटिएका हुन् ।

बैतडीका सबै संक्रमित भारतबाट अाएका थिए

सुदूरपश्चिममा आज थपिएका बैतडीका ४ जना कोरोना संक्रमितको कैलालीको गौरीफन्टा नाकाबाट उद्दार गरिएको थियो।

सेती प्रादेशिक अस्पतालको आईसोलेसनमा उपचारमा रहेका बैतडीको शिवनाथ गाउँपालिका वडा नम्वर १ र २ का २०, २०, २२ र २७ बर्षीय पुरुषलाई जिल्ला प्रशासन कार्यालय कैलालीले दुई अघि मात्र गौरीफन्टा नाकाबाट उद्दार गरेको थियो।

सीमामा आरडीटी पोजेटिभ देखाएका उनीहरुसँगै दुई हजार चार सय ९८ जना अन्यको पनि उद्दार गरिएको थियो।सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले थपिएका नयाँ संक्रमितको जेठ ८ गते भारतबाट गौरीफन्टा नाका हुदै फर्किएका रहेको बताउनुभयाे ।

८ गतेदेखि आईसोलेसनमा राखिएका उनीहरुको धनगढी स्थित प्रयोगशालामा थ्रोट स्वाबको नमूना परीक्षणका क्रममा कोरोना पोजेटिभ देखाएको थियो।

नेपालमा हालसम्म ७० जना काेराेना संक्रमित उपचारपछि निकाे भएर घर फर्किएका छन् । तीन जनाकाे मृत्यु भएकाे छ भने ५११ उपचार गराइरहेका छन् । हालसम्म पिसिअार र अारडिटी बिधिबाट १ लाख ३२ हजार १ सय ९५ जनाकाे काेराेना परीक्षण गरिएकाे छ ।

प्रतिक्रिया

भर्खरै प्रकाशित

 

स्वस्थानी व्रत कथा शुरू, रेडियो लोकदर्पणमा ज्यो. ईन्द्रदेव जोशीको प्रस्तुती (भिडियोसहित)

२०८१ पुष २९, सोमबार ०८:३०

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?