दार्चुला । सुदूरपश्चिममा अहिलेसम्म १५ जनामा काेराेना संक्रमण पुष्टी भएकाे छ । गौरीफन्टामा २४ सयको भीडमा रहेका ५ जनामा कोरोना पुष्टि भएसंगै संक्रमितकाे संख्या १५ पुगेकाे हाे ।

८ गते दुई हजार चार सय ९८ जनासंगै गौरीफन्टा नाकाबाट उद्धार गरिएका पाँच जनामा कोरोना पुष्टि भएकोछ । शनिवार चार र आईतवार एक जना गरी पाँच जनामा कोरोना पुुष्टि भएको सेती प्रादेशिक अस्पतालका सुचाना अधिकारी दिलिप कुमार श्रेष्ठले बताउनुभयाे । उहाँहरुलाई ८ गते रातिदेखि नै सेती प्रादेशिक अस्पतालको आईसोलेसनमा राखिएको थियो।

शनिवार बैतडीको शिवनाथ गाउँपालिका वडा नम्वर १ र २ का २०, २०, २२ र २७ बर्षीय पुरुषलाई कोरोना पुष्टि भएको हो भने आईतबार अछामको मेल्लेख गाउँपालिका वडा नम्वर ४ का ३२ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको हो।

उहाँहरुसंगै आएका अधिकासंको अहिले सम्म परीक्षण हुन सकेको छैन्। १५ जना संक्रमितमध्ये ५ जना यसअघि नै काेराेना जितेर उपचारपछि घर फर्किएका छन् ।

बैतडीका पाँच प्रहरीमा आरडिटी पोजेटिभ

जिल्ला प्रहरी कार्यालय बैतडीमा कार्यरत पाँच प्रहरीमा आरडिटी पोजेटिभ देखिएको छ। आईतबार गरिएको आरडिटी परीक्षणमा पाँच प्रहरीमा आरडिीटी पोजेटिभ देखिएको स्वास्थ्य कार्यालय बैतडीले जनाएको छ।

स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेश प्रसाद भट्टका अनुसार पाँचै जना प्रहरीलाई जिल्ला अस्पताल बैतडीको आइसोलेसनमा राखिएको छ। शिवनाथ गाउँपालिका एक थुनुवामा कोरोना पुष्टि भएपछि प्रहरी कार्यालय शिल गरेर प्रहरीहरुको कोरोना परीक्षण गरिएको थियो।

नेपालमा सङ्क्रमितकाे सङ्ख्या ६०३ पुग्याे

नेपालमा कोरोना भाइरसबाट सङ्क्रमित हुनेकाे सङ्ख्या ६ सय तीन पुगेको छ ।आइतबार थप १९ जनामा कोरोना पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ६ सय तीन पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाका अनुसार ४२ जिल्लाका पाँच सय २४ जना पुरुष र ७९ जना महिला गरी अहिलेसम्म ६ सय तीन जनामा कोरोना पुष्टि भएको हो । यस्तै हिजो पर्साको नारायणी अस्पतालबाट डिस्चार्ज भएका ९ जनामध्ये दुई जनामा फेरि सङ्क्रमण देखिएपछि अस्पताल भर्ना गरिएको छ । सात जना भने घर गएका छन् ।

योसँगै नेपालमा कोरोना निको हुनेको सङ्ख्या ८७ पुगेको मन्त्रालयका प्रवक्ता विकास देवकोटाले जानकारी दिनुभएको छ । काेराेना सङ्क्रमणबाट अहिलेसम्म तीन जनाकाे ज्यान गएकाे छ ।

प्रतिक्रिया

भर्खरै प्रकाशित

 

चर्मण्वती डेउडा उत्सवको उपाधी दयाकृष्ण पन्तलाई, मञ्जु गिरी उपविजेता (भिडियोसहित)

२०८१ भाद्र २२, शनिबार १९:११

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?