
दार्चुला । दार्चुलाका एक पुरुष सहित सुदूरपश्चिममा थप ३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । धनगढी प्रयोेगशालामा गरिएको परीक्षणमा थप तीन जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।
भारतबाट दार्चुला अाएका १०३ जनाकाे थ्राेट स्वावकाे नमुना परीक्षणका लागि धनगढी पठाइएकाे थियाे । जसमध्ये महाकाली नगरपालिकाकाे क्वारेन्टाइनमा बसेका १ जनामा पिसिअार रिपाेर्ट पाेजेटिभ अाएकाे छ । अरुकाे रिपाेर्ट अाउने क्रममा रहेकाे छ ।
पिसिअार रिपाेर्ट पाेजेटिभ अाएपछि उहाँलाइ जिल्ला अस्पताल दार्चुलाकाे अाइसाेलेसनमा सारिएकाे छ ।
योसँगै सुदूरपश्चिममा सङ्क्रमितको सङख्या २० पुगेको छ ।
सुदूरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री कृष्णराज सुवेदीले तीन जना सङ्क्रमित थपिएको पुष्टि गर्नुभएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भने पुष्टि गर्न बाँकी छ ।
नयाँ सक्रमितमध्ये दुई जनाको टीकापुर र एक जनाको दार्चुला अस्पतालमा उपचार भइरहेको छ ।
नयाँ सङ्क्रमितहरुको संख्याका बारेमा सुदूरपश्चिम प्रदेश सरकारका सामाजिक विकास मन्त्री कृष्णराज सुवेदीले संसदको बैठकमा जानकारी गराउनुभएकाे हाे ।
सामाजिक विकास मन्त्री कृष्णराज सुवेदीले प्रदेश सभाको छैटौँ अधिवेशनको तेस्रो बैठकमा कोरोना भाइरस नियन्त्रणका लागि प्रदेश सरकारले गरेको गतिविधिको बारेमा जानकारी गराउँदै सुदूरपश्चिममा थप तीन जनामा कोरोना पुष्टि भएको जानकारी दिनुभएको हो ।
सुदूरपश्चिममा देखिएका संक्रमितमध्ये अधिकासं भारतबाट फर्किएका छन् । गत हप्तादेखि हजाराैँकाे संख्यामा भारतबाट मानिसहरु काेराेना परीक्षण नगरिकनै भित्रिएपछि गाउँघरमा काेराेनाकाे जाेखिम बढेकाे छ ।
यसैबिच नेपालमा अहिलेसम्म ८८६ जनामा काेराेना संक्रमण भएकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टी गरेकाे छ । संक्रमतिमध्ये १८३ जना उपचारपछि निकाे भएर घर फर्किएका छन् । चार जनाकाे मृत्यु भएकाे छ । भने ६९९ जना उपचाररत छन् ।

विगत १० बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।