
दार्चुला । बाजुरामा आईसोलेसनमा भर्ना गरिएका बालकको मृत्यु भएको छ। जिल्ला अस्पताल बाजुराको आईसोलेसनमा राखिएका बुढिगंगा नगरपालिका १ का दुई वर्षीय बालकको आईतवार (अाज) बिहान मृत्यु भएको हो।
बालकको थ्रोट स्वाबको नमूना संकलन गरी परीक्षणका लागि धनगढी पठाएईपनि रिर्पोट नआएको अस्पतालका प्रमुख डाक्टर रुपचन्द्र विश्वकर्माले बताउनुभयाे ।
रिर्पोट प्राप्त भएपछि मात्र उनको शव व्यवस्थापन गरिने भएको छ। आठ दिन अघि भारतबाट फर्किएका उनलाई बुढिगंगा नगरपालिका १ धुरालसैनमा माविको आइसोलेसनमा राखिएको थियो।
बालकको अवस्था जटिल भएपछि जेठ १५ गते सदरमुकाममा रहेको आइसोलेसनमा भर्ना गरिएको थियो। बालकमा झाडापखला, ज्वरो, श्वासप्रश्वास सम्बन्धीत समस्या देखिएको चिकित्सकले बताएका छन्। आईसोलेसनमा आमाबुबासँगै बालकलाई पनि राखिएको थियो।
यसैबिच डडेलधुराको क्वारेन्टाइनमा राखिएका एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको नवदुर्गा गाउँपालिका–३ का ६ वर्षीय बालक रहेका छन् ।
शनिबार राति १२ बजे जिल्ला सदरमुकाम नजिकै रहेको डडेलधुरा बहुमुखी क्याम्पसको क्वारेन्टाइनमा राखिएका बालक मृत्यु भएको डडेलधुराका प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेले बताउनुभयाे ।
आमाबुबासँगै शनिबार गौरीफण्टा नाका भएर आएका सबैलाई आइतबार गाउँ लैजाने गरी डडेलधुरा सदरमुकाममा रहेको डडेलधुरा बहुमुखी क्याम्पस क्वारेन्टाइनमा राखिएको थियो । राति बालक अचानक बिरामी भएपछि अस्पताल लैजाँदा डाक्टरले मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।
बालक बिरामी भएपछि बिहान ३ बजे अस्पताल पुर्याउँदा मृत अवस्थामा रहेको डडेलधुरा अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. जगदीशचन्द्र विष्टले वताउनुभयाे ।
यस्तै डोटीमा सुत्केरी महिलाको मृत्यु भएको छ। सुजङ अस्पताल राजपुर डोटीमा शुक्रबार शल्यक्रिया मार्फत शिशु जन्माएकी केआईसिह गाउँपालिका वडा नम्बर ४ की ३५ वर्षीया सुत्केरी महिला नारु कार्कीको गएराती मृत्यु भएको हो।
स्वास्थ्य कार्यालय डोटीका प्रमुख रमेश मलासीले सुत्केरीको मृत्यु भएको पुष्टि गरे। उपचारमा संलग्न चिकित्सकलाई उदृत गर्दै मलासीले अत्यधिक ज्वरो र श्वासप्रश्वासमा समस्या देखिएपछि कार्कीको मृत्यु भएको जानकारी गराएकाछन् ।
शिशुको अवस्था भने समान्य रहेको छ। कार्कीको ज्वरो र श्वासप्रश्वासको समस्याले मृत्यु भएपछि कोरोना परीक्षण गरिने भएको छ।

विगत १० बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।