दार्चुला । सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७७÷७८ को सरकारको वार्षिक नीति तथा कार्यक्रम आज ल्याउने भएको छ।

प्रदेश प्रमुख शर्मिलाकुमारी पन्तले आज दिउँसो ४ बजे प्रदेश सरकारको नीति तथा कार्यक्रम सदनमा प्रस्तुत गर्ने प्रदेशका सभामुख अर्जुनबहादुर थापाले जानकारी दिनुभयाे ।

सुदूरपश्चिम प्रदेश सरकारले आगामी वर्ष स्वास्थ्य, कृषि, रोजगार र उद्योगलाई प्राथमिकतामा राखेर नीति तथा कार्यक्रम ल्याउन लागेको जनाइएको छ।

कोरोना भाइरसका कारणले सिर्जित असहज अर्थतन्त्रलाई चलायमान बनाउन स्वास्थ्य, कृषि, रोजगार र उद्योगलाई प्राथमिकता दिएर आगामी वर्षको नीति तथा कार्यक्रममा समेटिने प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री झपटबहादुर बोहराले बताउनुभयाे ।

उनले विपद्मा परेका व्यक्तिको उद्धारका लागि केन्द्र स्थापना गर्न बजेट ल्याइने, दार्चुलाको व्याँस गाउँपालिका लागि विशेष विकास प्याकेज ल्याउने लगायतमा जोड दिइने बताउनुभयाे ।

प्रदेश सरकारले एकीकृत विकास प्रणालीमा आगामी बजेट निर्माण गर्ने उहाँकाे भनाइ छ।

प्रतिक्रिया

भर्खरै प्रकाशित

 

चर्मण्वती डेउडा उत्सवको उपाधी दयाकृष्ण पन्तलाई, मञ्जु गिरी उपविजेता (भिडियोसहित)

२०८१ भाद्र २२, शनिबार १९:११

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?