दार्चुला । सुदूरपश्चिममा छैठौँ व्यक्तिले पनि कोरोना भाईरसलाई जित्नुभएकाे छ। डडेल्धुराको परशुराम नगरपालिका वडा नम्वर १० का २८ बषीय युवकले कोरोना जित्नुभएकाे हाे ।

सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणका क्रममा दुई पटक रिर्पोट नेगेटिभ आएपछि उहाँलाई डिस्चार्ज गर्न लागिएको डडेल्धुरा अस्पतालका प्रमुख मेडिकल सुपरीटेन्डेन्ट डाक्टर जगदिशचन्द्र विष्टले जानकारी दिनुभयाे ।

सरकारी कर्मचारी समेत रहेका ती युवकमा गत जेठ ९ गते कोरोनाको संक्रमण पुष्टि भएको थियो।डडेल्धुरा अस्पतालको आईसोलेसनमा उपचाररत युवकले १० दिनमै कोरोना जित्न सफल हुनुभएकाे हाे ।

यो सँगै सुदूरपश्चिममा कोरोनाको संक्रमणबाट मुक्त हुनेको संख्या ६ पुगेको छ। यसअघि ५ जना सेती प्रादेशिक अस्पतालमा उपचारपछि निको भएर घर फर्किसकेका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

 

टिंकरमा सशस्त्रको बिओपीः नेपालीमाथि दुर्व्यवहार, भारतीय प्रशासनद्धारा गल्ती स्वीकार

२०८० भाद्र २८, बिहीबार २०:३१

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?