सुदूरपश्चिममा कोरोना संक्रमितको सङख्या ५५ पुग्यो

दार्चुला । अछाममा आज थप नौँ जनामा कोराना पुष्टि भएसंगै सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमितको सङख्या ५५ पुगेको छ।

सुर्खेतमा गरीएको परीक्षणमा अछामको मेल्लेख गाउँपालिकाका दुई महिला सहित ८ जना र मंगलसैन नगरपालिकाका एक जना गरी नौँ जनामा कोरोना पुष्टि भएपछि सुदूरपश्चिममा संक्रमितको सङख्या ५५ पुगेको हो।

अछाम जिल्लाकै चौरपाटी गाउँपालिकाका एक जनामा हिजो साँझ मात्रै सुर्खेतमा गरीएको परीक्षणमा कोरोना पुष्टि भएको थियो।

सुदूरपश्चिमका ५५ जना संक्रमित मध्ये ५३ जना प्रदेशभित्रै रहेका छन् भने एक जना बझाङ र एक जना बाजुराका संक्रमितको भने कर्णाली प्रदेशमा उपचार भईरहेको छ।

सबैभन्दा बढि कैलालीका २३ जना, अछामका १३, बैतडीका ६, डोटीका पाँच, बाजुराका तीन, कञ्चनपुरका दुई, डडेल्धुरा, बझाङ र दार्चुलाका एक/एक जनामा कोरोना पुष्टि भएको छ।

उनीहरु सबै सम्बन्धित जिल्लामा भने छैनन्।

डोटी र बैतडीका चार/चार र अछामका दुई जनाको सेती अस्पतालमा उपचार भईरहेको छ।

संक्रमित मध्ये ६ जना कोरोनालाई जितेर डिस्चार्ज भईसकेका छन् भने एक दुई बर्षीय बालिकाको मृत्यु भएको छ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?