
दार्चुला । डडेल्धुराको कारागारमा रहेका दार्चुलाका एक जना कैदीको मृत्यु भएको छ ।
व्याँस गाउँपालिका- ४ सुन्सेरा घर भएका ३५ बर्षीय धनसिह खातीको सोमबार राती उपचारका क्रममा मृत्यु भएको हाे ।
खातीलाइ चोरी डकैती मुद्दामा जिल्ला अदालत दार्चुला बाट २०७५ सालमा कैदको फैसला भएको थियो । दार्चुला कारागारमा विरामी भएपछि २०७६ असारमा कैलाली उपचारको लागी पठाएको कारागार कार्यालय दार्चुलाले जनाएकाे छ । कैलाली कारागारले २०७६ पुसमा डडेलधुरा कारागार पठाएको थियाे ।
२०७८ पुस सम्मको सजाय पाएका खाती गत जेठ १५ गते विरामी भएपछि अस्पत्ताल भर्ना गरिएको थियो । अस्पत्तालमै सोमबार राती ८ बजेतिर उपचारको क्रममा उहाँको मृत्यु भएको छ ।

विगत १० बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।