डडेल्धुरा । डडेल्धुराको क्वारेन्टाइनमा एक महिलाको मृत्यु भएको छ । जिल्लाको गन्यापधुरा गाउँपालिका–२ स्थित रौनाकोट प्राथमिक विद्यालय चिरामा रहेको क्वारेनटाईनमा गन्यापधुरा–२ का ३० वर्षीय महिलाको मृत्यु भएको जिल्ला प्रशासन कार्यालय डडेल्धुराका प्रमुख जिल्ला अधिकारी जगन्नाथ पन्तले बताउनुभयो ।

प्रारम्भिक सूचना अनुसार मंगलबार राति श्रीमानसंगै सौचालय गएकी महिला एक्कासि बेहोस भएपछि मृत्यु भएको प्रजिअ पन्तले बताउनुभयो । प्रजिअ पन्त भन्नुहुन्छ, ‘मृतक महिलाको शव व्यवस्थापनका लागी नेपाल प्रहरी र स्वास्थ्यकर्मीको टोली घटना थल पुगेको छ ।’

घटना राती करिब ११ बजे भएको क्वारेन्टाईनमा बसेका स्थानीय कमल मालीले बताउनुभयो ।

मालीका अनुसार मृतक महिला श्रीमान र छोराछोरी सहित तीन दिनदेखि उक्त क्वारेन्टाइनमा बस्दै आएकी थिइन ।

प्रतिक्रिया

सम्बन्धित खवर

 

दार्चुलामा ट्याक्टरबाट खसेर ४० बर्षीय पुरुषको मृत्यु

२०८० चैत्र २२, बिहीबार १०:४९

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?