दार्चुला । संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालय बाट आगामी आर्थिक वर्ष २०७७÷०७८ मा गोकुलेश्वर विमानस्थल निर्माण गर्ने सहित आठ वटा महत्तपुर्ण कार्यक्रमहरु स्विकृत भएका छन् ।

मन्त्रालयले २६ वर्षदेखि बन्द रहेको शैल्यशिखर नगरपालिका—९ गोकुलेश्वरस्थित दार्चुलाकाे एकमात्र  गाेकुलेश्वर विमानस्थल निर्माणका लागि एक करोड रुपैया बजेट विनियोजन गरेको छ ।

यस्तै व्याँस गाउँपालिका—५ स्थित भूमिराज मन्दिर संरक्षण गर्न १५ लाख, मालिकार्जुन गाउँपालिकाको ऐतिहासिक उकु भग्नावशेष संरक्षण गर्न २५ लाख बजेट विनियोजन गरिएको छ ।

मार्मा गाउँपालिका—५ मुरैमा मुरै सित्तोला पदमार्ग पर्यटन पुर्वाधार निर्माण गर्न २० लाख, व्याँस गाउँपालिका—१ तिकंर जोड्ने पदमार्ग निर्माणका लागि १० लाख रुपैया र व्याँस गाउँपालिका—३ स्थित गोतु तातोपानी धार्मिक तथा पर्यटकिय क्षेत्र पुर्वाधार निर्माण गर्न १० लाख बजेट विनियोजन गरिएको छ ।

मार्मा गाउँपालिका—६ स्थित लटिनाथ मन्दिर पर्यटन क्षेत्र पुर्वाधार निर्माण गर्न ५ लाख र अपिहिमाल गाउँपालिकाको खण्डेश्वरी देखि घुसा अपि वेश क्याम्प पदमार्ग निर्माणका लागि १० लाख रुपैया बजेट विनियोजन गरिएको प्रतिनिधिसभा सदस्य गणेशसिह ठगुन्नाका स्वकिय सचिव दाैलतसिह ठगुन्नाले जानकारी दिनुभयाे ।

पर्यटन मन्त्रालय अन्तरगत दार्चुलाका ८ वटै कार्यक्रममा कुल एक कराेड ९५ लाख रुपैया विनियाेजन गरिएकाे उहाँले बताउनुभयाे ।

हेर्नुहाेस पर्यटन मन्त्रालय अन्तरगत दार्चुलाका याेजनाहरु

 

प्रतिक्रिया

भर्खरै प्रकाशित

 

रेडियो लोकदर्पणको छैटौँ वार्षिकोत्सव सम्पन्न, लोकेन्द्रकै नेतृत्वमा सञ्चालक समिति चयन

२०८१ फाल्गुन १, बिहीबार १७:४०

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?