दार्चुला । नेपाल सरकार शहरी विकास मन्त्रालय बाट दार्चुलाका लागि छ वटा क्रमागत योजना निर्माण अन्तरगत १ करोड ६० लाख बजेट विनियोजन गरिएको छ । महाकाली नगरपालिका र शैल्यशिखर नगरपालिका अन्तरगत छ वटा क्रमागत सडकहरुमा अगामी आर्थिक वर्ष २०७७÷०७८ का लागि १ करोड ६० लाख बजेट विनियोजन गरिएको हो ।
महाकाली नगरपालिका—६ निसिल पौन्याखोला हुदै धुलिगाडा जोड्ने सडक स्तरोन्नतीका लागि ५० लाख रुपैया, महाकाली नगरपालिका—९ दत्तु—थाप्ला सडक स्तरोन्नतीका लागि ३० लाख रुपैया र अर्को बुदामा दत्तु—थाप्ला सडकमै २० लाख रुपैया बजेट विनियोजन गरिएको उल्लेख छ ।
यस्तै शैल्यशिखर नगरपालिका वडा नम्बर ५ र ६ मा देथला, रानिशिखर, आगर सडक स्तरोन्नती गर्न २० लाख रुपैया र शैल्यशिखर नगरपालिकामा शहरी सडक निर्माण गर्न १० लाख रुपैया बजेट विनियोजन गरिएको छ ।
क्रमागत योजना अन्तरगत सघन सहरी विकास—दार्चुला जिल्ला अपि नगरपालिकाको –अहिलेको महाकाली नगरपालिकाको) मुख्य बजारको नाला तथा विभिन्न सहरी सडक स्तरोन्नती गर्न ५० लाख बजेट विनियोजन गरीएको छ ।
पत्रकार जोशी लोकदर्पण मिडियाका लागि विभिन्न विधाका समसामयिक विषयमा कलम चलाउछन् ।