दार्चुला । दार्चुलाको शैल्यशिखर नगरपालिका वडा नम्बर ९ स्थित राष्ट्यि बन र शैल्यशिखर ४ स्थित नायलधार सामुदायिक वनमा चोरी सिकारीका घटना बढ्दै गएको भन्दै स्थानीयले गुनासो गरेका छन् । स्थानीय मानिसहरुले नै वन संरक्षण ऐन विपरीत घोरल, काकड, बदेल जस्ता बन्यजन्तु मार्ने गरेको स्थानीयले बताएका छन् ।

दिनदहाडै बन्दुकको प्रयोग गरेर बन्यजन्तु सिकार गर्ने गरेपनि बन कार्यालय र उपभोक्ता समितिले रोक्नका लागि प्रयास नगरेको स्थानीय बिर बहादुर ठगुन्नाले बताउनुभयो ।

बन्यजन्तु चोरीसिकारी भइरहेको विषयमा सब डिभिजन कार्यालय गोकुलेश्वरका कर्मचारी परमानन्द कुवँरसंग सम्पर्क गर्दा सामुदायिक बनहरु समुदायलाइ नै हस्तानन्तरण भइसकेकोले उपभोक्ता समितिको बढी जिम्मेवारी हुने जवाफ दिनुभयो ।

बनमा चोरी सिकार भएको गुनासो आएपछि उपभोक्ता समिति अध्यक्ष लगायतसंग जानकारी लिने काम भइरहेको उहाँको भनाइ छ ।

नायलधार सामुदायिक बनका उपभोक्ता समिति अध्यक्ष गणेशसिह थापाले भने बनमा कुनै किसिमको चोरी सिकारी नभएको भन्दै गलत प्रचार गर्न खोजिएको बताउनुभएको छ । बन संरक्षण गर्नका लागि आफुहरुले आग्रह गरिरहेका बेला उल्टै चोरी सिकारीको आरोप लागेको उहाँको भनाइ छ ।

तर स्थानीयहरुले आज मात्रै पनि दिउँसो तीन बजेतिर जंगलमा बन्यजन्तुको सिकार गरेको सुचना प्राप्त भएको भन्दै उपभोक्ता समिति अध्यक्षले गैरजिम्मेवार अभिव्याक्ति दिएको आरोप लगाएका छन् ।

प्रतिक्रिया

भर्खरै प्रकाशित

 

ऐतिहासिक गोकुलेश्वर शिवरात्री मेला-२०८१ सम्पन्न (भिडियोसहित)

२०८१ फाल्गुन २२, बिहीबार ०९:२७

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?