बैतडी । बैतडीको क्वारेन्टाइनमा मृत्यु भएकी महिलाको कोरोना रिपोर्ट नेगेटिभ आएको छ ।

पुर्चौडी नगरपालिका–४ स्थित मालिका माविको क्वारेन्टाइनमा बसेकी २२ वर्षीया कमला लुहारको मंगलबार मृत्यु भएको थियो ।

उहाँसँगै रहेका उनका १८ महिनाका छोरा, श्रीमान् र अन्य एक जना पुरुषको पनि पीसीआर रिर्पोट नेगेटिभ आएको स्वास्थ्य कार्यालयका प्रमुख योगेश भट्टले बताउनुभयाे ।

क्वारेन्टाइनमै मृत्यु भएपछि महिला र उनीसँगै रहेका उनका छोरा, श्रीमान् र अन्य एक जना गरी ४ जनाको स्वाब संकलन गरी सेती अस्पताल धनगढी पठाइएको थियो ।

मृतक महिलाको रिपोर्ट नेगेटिभ आएपछि क्वारेन्टाइनमै राखिएको शव आफन्तको जिम्मा लगाइएको प्रमुख भट्टले बताउनुभयाे ।

भारतको पञ्जाबबाट मृतक महिलाको परिवार जेठ १६ गते गौरीफन्टा नाका भएर घर फर्किएको थियो । १८ गतेबाट उहाँ क्वारेन्टाइनमा बस्नुभएकाे थियाे।

दमको बिरामी रहेका उनले एक वर्ष यताबाट नियमित औषधि सेवन गरिरहेकी र लकडाउन र पैसा अभावले औषधि खान नपाएकाे मृतकका श्रीमान् हरिश लुहारले बताउनुभयाे ।

मृतकका ३ छोरोछोरी छन् ।

स्वास्थ्यकर्मी ‘सेल्फ क्वारेन्टाइन’मा

जिल्ला अस्पताल बैतडीका स्वास्थ्यकर्मीलाई ‘क्वारेन्टाइन’मा राखिएपछि अस्पतालको सेवा प्रभावित भएको छ।

जिल्ला अस्पताल बैतडीमा बच्चा जन्माएकी एक महिलाको ‘आरडीटी रिपोर्ट पोजिटिभ’ आएपछि उहाँको सम्पर्कमा रहेका १९ जना स्वास्थ्यकर्मीलाई सेल्फ क्वारेन्टाइनमा राखिएको अस्पतालका प्रमुख डा. वसन्तराज जोशीले बताउनुभयाे ।

सुत्केरी महिलाको ‘पीसीआर’ परीक्षणका लागि स्वाब नमुना संकलन गरी धनगढीस्थित प्रयोगशाला पठाउने तयारी गरिएको छ। उहाँलाई जिल्ला अस्पतालकै ‘आइसोलेसन’मा राखिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

 

चर्मण्वती डेउडा उत्सवको उपाधी दयाकृष्ण पन्तलाई, मञ्जु गिरी उपविजेता (भिडियोसहित)

२०८१ भाद्र २२, शनिबार १९:११

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?