दार्चुला । महाकाली नगरपालिकाका कोरोना संक्रमित २१ वर्षीय पुरुषको दोस्रो पिसिआर रिपोर्ट नेगेटिभ आएको छ ।

जेठ ८ गते संकलन गरिएको थ्राेट स्वावको पिसिआर परीक्षण रिपोर्ट पोजेटिभ देखिएका ति पुरुषको त्यसपछि १७ गते संकलन गरिएकाे थ्राेट स्वाबकाे  पिसिआर रिपोर्ट नेगेटिभ आएकाे स्वास्थ्य कार्यालय दार्चुलाका प्रमुख जयराज भट्टले बताउनुभयाे ।

कोरोना संक्रमण पुष्टी भएपछि ति पुरुषलाइ जिल्ला अस्पताल दार्चुलाको आइसोलेसनमा राखेर उपचार भइरहेकाे छ । काेराेना संक्रमण देखिएपनि स्वास्थ्य अवस्था भने सामान्य रहेकाे छ ।

भारतको दिल्लीबाट जेठ ८ गते दार्चुला सदरमुकाम खलंगा पुलघाट नाका हुँदै भित्रिएका उहाँकाे दोस्रो चरणको रिपोर्ट नेगेटिभ आए पनि फेरी एकपटक पिसिआर परीक्षणका लागि नमुना संकलन गरिने अस्पतालले जनाएकाे छ । लगातार दुइ पटककाे रिपाेर्ट नेगेटिभ आएपछिमात्रै अस्पतालबाट डिस्चार्ज गरिने जिल्ला अस्पताल दार्चुलाका डा. गजेन्द्र दुवालले बताउनुभयाे ।

जेठ ८ गते ती पुरुषसंगै खलंगा नाकाबाट ३ सय १९ जना नेपाली दार्चुला भित्रिएका थिए । उनिहरुमध्ये अधिकासंकाे रिपाेर्ट नेगेटिभ आएकाे छ भने केहिकाे रिपाेर्ट आउने क्रममा रहेकाे छ ।

प्रतिक्रिया

भर्खरै प्रकाशित

 

स्वस्थानी व्रत कथा शुरू, रेडियो लोकदर्पणमा ज्यो. ईन्द्रदेव जोशीको प्रस्तुती (भिडियोसहित)

२०८१ पुष २९, सोमबार ०८:३०

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?