दार्चुला । नेपाल सरकारको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयबाट दार्चुलामा नयाँ र क्रमागत गरि दर्जनबढी योजना स्विकृत भइ अगामी आर्थिक वर्ष २०७७÷०७८ का लागि बजेट विनियोजन गरिएको छ ।

प्रतिनिधिसभा सदस्य गणेशसिह ठगुन्नाका अनुसार महाकाली करिडोरमा अगामी वर्षका लागि ३२ करोड ४५ लाख रुपैया बजेट विनियोजन गरिएको छ । आर्थिक बर्ष २०७७÷७८ को बजेट वक्तव्यको वुँदा नं. २३० मा उत्तर दक्षिण सीमा जोड्ने सडकको रणनीतिक महत्वलाई दृष्टिगत गरि क्रमशः डेडिकेटेड डबल लेनमा निर्माण र स्तरोन्नती गरिने छ भन्ने शिर्षकमा महाकाली कोरीडोर लगायत सडकका लागि ७ अर्ब १६ करोड रकम विनियोजन गरिएको छ ।

यस्तै अगामी वर्ष धनथलामा पक्कि पूल निर्माण का लागि ४७ लाख ५० हजार रुपैया र पारिबगर खोला पुल निर्माणका लागि ४७ लाख ५० हजार रुपैया बजेट विनियोजन गरिएको सासंद ठगुन्नाले बताउनुभयो ।

नेपाल सरकारले देशभरीका सबै निर्वाचन क्षेत्रमा एक÷एक वटा रणनीतिक सडक निर्माण गर्ने योजना अन्तरगत दार्चुलाबाट प्रतक्ष्य निर्वाचित सासंदको सिफारिसमा एउटा रणनीतिक सडक समेत निर्माण हुने छ । ७७ वटै जिल्लाका निर्वाचन क्षेत्र का लागि ३३०२० लाख रुपैया विनियोजन गरिएको छ ।

क्रमागत रणनैतिक पुल योजना अन्तरगत लास्कुघाट पुलमा ५० लाख, श्रीबगर निजाङ्ग पुलमा १ करोड, धौलिगाड खोला पुलमा ५०लाख, घट्टेखोला पुलमा ७ लाख, घट्टेखोला दोस्रो पुलमा ५० लाख, कचालिघाट पुलमा ५० लाख, सुरकाडा खोला पुलमा ७ लाख, काकडीगाड पुलमा १ करोड, खोलेगाड खोला पुलमा ५० लाख, मेलकोट (सिसली) खोला पुलमा ५० लाख, दुहुँको २ र ५ नम्बर वडाको कालागाड पुलका लागि २० लाख र दुहुँ १ र २ नम्बर वडाको कालागाड पुलमा २० लाख रुपैया बजेट विनियोजन गरिएको छ ।

यस्तै पुर्वाधार विकास कार्यक्रम अन्तर्गत देथला खार खलंगा सडकमा ४० लाख रुपैया, विटुले पारिवगर खण्डेश्वरी सडकमा ४० लाख रुपैया, भर्तोला—उकु—शेरा सडकमा ४० लाख रुपैया, सतबाँझ—थकतोली—दार्चुला—टिंकर सडकको गोकुलेश्वर—दार्चुला सडक खण्डमा १० करोड ४० लाख रुपैया विनियोजन गरिएको छ ।

यसैगरी चैनपुर—१७ जयपृथ्विनगर बिसौना थाम्चौर—बिजगाडा दार्चुला सडक, दार्चुला—टिंकर सडकको खलंगा बाङ्गाबगर राताकाठा पिपलचौरी सुनसेरा खण्ड—दार्चुला, देथला खार खलंगा सडकमा पुलहरुको सम्भाव्यता अद्ययन हुने र भैंसे सेरि चमेलिया नदीमा पुलको विस्तृत सम्भाव्यता अध्ययन सर्वेक्षण प्रतिवेदन तयार गरीने मन्त्रालयको वार्षीक कार्यक्रममा उल्लेख गरिएको छ ।

खलंगा खानेपानी तथा सरसफाईमा २० करोड, कुँणी कुसकाँडाका लागि ४ करोड बजेट

प्रतिक्रिया

भर्खरै प्रकाशित

 

ऐतिहासिक गोकुलेश्वर शिवरात्री मेला-२०८१ सम्पन्न (भिडियोसहित)

२०८१ फाल्गुन २२, बिहीबार ०९:२७

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?