दार्चुला ।  बैतडीका लक्ष्मणबहादुर ऐरले भर्चुअल अन्तर्राष्ट्रिय तेक्वान्दो पुम्से च्याम्पियनसिपमा स्वर्ण पदक जित्नुभएको छ ।

युएस वेस्ट कोस्ट तेक्वान्दो संघ, पोर्टल्यान्ड, अमेरिकाको तत्वावधान तथा पान अमेरिकन तेक्वान्दो युनियन, पोर्टल्यान्डको आयोजनामा गए राती सुरु भएको च्याम्पियनसिप लक्ष्मणले ५० वर्ष मूनिको समूहमा पहिलो स्थान प्राप्त गर्नुभएको हो ।

उहाले ६.७३ स्कोर गर्दै पहिलो अंक ल्याउनुभएको थियो । यो च्याम्पियनसिपमा जुममार्फत प्रत्यक्ष पुम्से प्रदर्शन गरेको लक्ष्मणले जानकारी दिनुभयो ।

‘घरमा सानो ठाँउमा व्यवस्था गरेको थिए । अलि बढी खुला ठाँउ चाहिने भएपनि बैठक कोठा खाली गरेर मिलाएको थिए,’ नेपाल पुलिस क्लबका तेक्वान्दो प्रशिक्षक समेत रहेका लक्ष्मणले भने, ‘मैले यसअघिको च्याम्पियनसिपमा यो भन्दा राम्रो गर्दा मेडन लागेन । यसपटक लाग्यो खुसी छु । ‘

अघिल्लो महिना भएको अनलाईन पुम्से युरोपियन च्याम्पियनसिप र विश्व च्याम्पियन्सिपमा भने लक्ष्मण पदक विहिन भएका थिए ।

यसअघिका च्याम्पियनसिपमा पुम्सेको भिडियो खिचेर यूट्युब लिंक पठाएर सहभागि हुनपर्ने थियो । ४० वर्ष मूनीमा रेशमाया गुरुङले कास्य पदक जितेकी छिन् ।

 

४० वर्ष मूनि धनगढीका आशिष चन्द र ३० वर्ष मूनि सुनसरीका विवेक राईले पनि प्रतिस्पर्धा गरेका थिए । सहभागी नेपाली ६ खेलाडी मध्ये २ को प्रतिस्पर्धा आज बेलुका रहेको लक्ष्मणले जानकारी दिनुभयो ।

सो च्याम्पियनसिपमा नेपालका अशोक खड्काले निर्णायकको भूमिका निर्वाह गरिरहेका छन् । कोरोना भाइरस कोभिड १९ का कारण पछिल्लो समय अनलाइन पुम्से प्रतियोगिता हुँदै आएरहेका छन् ।

प्रतिक्रिया

भर्खरै प्रकाशित

 

रेडियो लोकदर्पणको छैटौँ वार्षिकोत्सव सम्पन्न, लोकेन्द्रकै नेतृत्वमा सञ्चालक समिति चयन

२०८१ फाल्गुन १, बिहीबार १७:४०

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?