संघिय सरकारको विशेष र समपुरक अनुदानबाट दार्चुलामा २६ योजना सञ्चालन हुदै (विस्तृतमा)

दार्चुला । अगामी आर्थिक वर्ष २०७७÷०७८ का लागि केन्द्र सरकारको विशेष र समपुरक अनुदानमा दार्चुलामा सञ्चालन हुने योजनाहरु छनोट भएका छन् । नौँ वटै स्थानीय तहमा विशेष अनुदान र छ वटा स्थानीय तहमा समपुरक अनुदानमा सञ्चालन हुने योजनाहरुको टुगों लागेको छ ।

समपुरक अनुदान अन्तरगत महाकाली नगरपालिकामा सडक निर्माणका लागि ९७ लाख रुपैया, मालिकार्जुन गाउँपालिकामा शंकरपुर गोठ्युडि चन्दनपुर डाडाकोट सडक निर्माणका लागि १८ लाख रुपैया, मार्मा गाउँपालिकामा लटिनाथ सार्सि बजानी सडक निर्माणका लागि दुई करोड ४७ लाख रुपैया, नौगाड गाउँपालिकामा धामीडेरा सुण्डमुण्ड सडक निर्माणका लागि १८ लाख रुपैया, ईयरकोटमा विद्युतिकरण गर्न ५४ लाख र सुका खोला पनढुगां कृषि सडकका लागि ४१ लाख रुपैया बजेट विनियोजन गरिएको छ ।

शैल्यशिखर नगरपालिकाको देथला थाकथल बारील सडक निर्माण अन्तरगत १७ लाख र कोटाखोला अन्तोली सडक निर्माण गर्न ५० लाख, अपिहिमाल गाउँपालिकाको अपि डाईभर्सिटी पार्क निर्माणका लागि ८० लाख रुपैया बिवियोजन गरिएको प्रतिनिधिसभा सदस्य गणेशसिह ठगुन्नाले जानकारी दिनुभयो ।

यस्तै विशेष अनुदानतर्फ महाकाली नगरपालिकामा सरसफाई केन्द्र निर्माण गर्न १ करोड ५० लाख रुपैया, विद्यालय भवन निर्माण गर्न दुई करोड रुपैया विनियोजन गरिएको छ ।

शैल्यशिखर नगरपालिकामा मालिकार्जुन मावि आगरमा २५ लाख, दोबाटा लिप्ट खानेपानी योजनामा ५० लाख रुपैया विनियोजन गरिएको छ । अपिहिमाल गाउँपालिकामा एक वडा एक उत्पादन कार्यक्रमका लागि १ करोड ३० लाख रुपैया, स्वास्थ्य चौकी निर्माण गर्न १ करोड २० लाख रुपैया विनियोजन गरिएको छ । मार्मा गाउँपालिकाको सल्लेधार माबि मुरैमा २ करोड रुपैया, लटिनाथ माबि रस्कोट भवन निर्माण गर्न १ करोड ५० लाख रुपैया, निशुल्क स्वास्थ्य शिविरका लागि ६० लाख रुपैया विनियोजन गरिएको छ ।

नौगाड गाउँपालिकामा गणेश विनायक माबिमा १ करोड ५० लाख रुपैया, स्वास्थ्य चौकीका लागि १ करोड रुपैया विनियोजन गरिएको छ ।

लेकम गाउँपालिकामा हुनैनाथ खानेपानी योजनामा ५० लाख रुपैया, गोइलाड खम्तड खानेपानी योजनामा ५० लाख र मैखोली अम्कुर खानेपानी योजनामा ५० लाख बजेट विनियोजन गरिएको छ ।

मालिकार्जुन गाउँपालिकामा शंकरपुर बृहत खानेपानीमा २ करोड रुपैया बजेट विनियोजन गरिएको छ । दुहुँ गाउँपालिकामा बाटमुनी दलित बस्ति सम्म खानेपानी सरसफाई कार्यक्रमका लागि ९० लाख र व्याँस गाउँपालिकामा सम्पाल माबि सुनसेरामा १ करोड ७५ लाख रुपैया बजेट विनियोजन गरिएको सासंद ठगुन्नाले बताउनुभयो ।

संघिय सरकारबाट दार्चुलाका स्थानीय तहले पाए २ अर्ब ७५ करोड अनुदान https://lokdarpantv.com/2020/05/28/747/

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?