काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट मत्यु भएका एक युवकको सम्पर्कमा आएका अर्घाखाँचीका ३० जनामा संक्रमण पुष्टि भएको छ ।अर्घाखाँचीको भूमिकास्थान नगरपालिका वडा नम्बर–९ चरेपानीका युवकको भारतबाट मजदुरी गरी फर्कने क्रममा जेठ १० गते बाटोमै मृत्यु भएको थियाे ।

उहाँको सम्पर्कमा आएकाहरुको पहिचान गरी परीक्षण गर्ने क्रममा ३० जनामा संक्रमण पुष्टि भएको अर्घाखाँचीका प्रमुख जिल्ला अधिकारी विजय पौडेलले जानकारी दिनुभयाे । घर फर्कने क्रममा भारतमै मृत्यु भएका युवकको कपिलवस्तु ल्याएर पोस्टमाटर्म गरिएको थियो । पोष्टमार्टमका क्रममा उनको स्वाब संकलन गरी भैरहवा जनस्वास्थ्य प्रयोगशालामा गरीक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएको थियो । तर कोरोना संक्रमणको रिपोर्ट आउनु अगाडि नै मृतकको अन्त्येष्टि समेत गरिएको थियो ।

मृतकमा कोरोना संक्रमण पुष्टि भएपछि भारतबाट सँगै आएका, मृतकको शव बोकेका र उनको सम्पर्कमा रहेका ५० जनाको थ्रोट स्वाब संकलन गरी पीसीआर विधिबाट परीक्षण गरिएको थियो । उनीहरु मध्ये ३० जनामा संक्रमण पुष्टि भएको छ ।यस्तै मृतकको सम्पर्कमा नआएका अर्का एक जनामा पनि संक्रमण पुष्टि भएका छ ।

संक्रमित हुनेमा सन्धीखर्क नगरपालिकाका २९ जना, शितगंगा नगरपालिका र पाँडिनी गाउँपालिकाका एक/एक जना रहेको प्रजिअ पौडेलले जानकारी दिनुभयाे ।

मृत्यु संख्या १४ पुग्यो

कोरोनाका कारण थप एक जनाको मृत्यु भएको छ । यो सँगै मृत्यु हुनेको संख्या १४ पुगेको छ । आज स्याङजाका एक जना पुरुषको मृत्यु भएको छ । गण्डकी प्रदेशको सामाजिक विकास मन्त्रालय अन्तर्गत स्वास्थ्य निर्देशनालयले दिएको जानकारी अनुसार स्याङजा जिल्लाको वालिङ नगरपालिकाका ३ सिँगारकोषका ६० वर्षिय पुरुषको मृत्यु भएको हो ।

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको आईसोलेसनमा भर्ना भएका उनको हिजो मृत्यु भएको आज निर्देशनालयले प्रेश विज्ञप्ती प्रकाशित गरेर जानकारी दिएको छ ।

वालिङ नगरपालिकाका नगरप्रमुख दीलिप प्रताप खाँडका अनुसार मृत्यु भएका ति व्याक्ति भारतबाट जेठ २१ गते गाउँ फर्किएका थिए । सीमानाका सुनौलीमै उनी विरामी भएपछि उद्धार गरि पोखरा पठाईएको खाँडले बताउनुभयो ।

खाँडका अनुसार उहाँ मृगौला रोगबाट पीडित विरामी हुनुहुन्थ्यो । गण्डकी प्रदेशमा कोरोना बाट मृत्यु भएको यो पहलिो घटना हो । आज नै पोखरा महानगरपालिका ४२ वर्षिय एक पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।

कोरोना पुष्टि भएका उनी अस्पतालको आईसुलेसनमा रहेका छन् । गण्डकी प्रदेशमा कुल संक्रमितको संख्या ११५ पुगेको छ । मुस्ताङ र मनाङ वाहेक प्रदेशका अरु ९ जिल्लामा संक्रमण फैलिसकेको छ ।

प्रतिक्रिया

भर्खरै प्रकाशित

 

चर्मण्वती डेउडा उत्सवको उपाधी दयाकृष्ण पन्तलाई, मञ्जु गिरी उपविजेता (भिडियोसहित)

२०८१ भाद्र २२, शनिबार १९:११

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?