दार्चुला । सुदूरपश्चिममा आज थप ३७जनामा कोरोना पुष्टि भएको छ। धनगढीस्थित कोरोना परीक्षण प्रयोगशालामा थप ३७ जनामा कोरोना पुष्टि भएको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले बताए।

कञ्चनपुरका १९ जना, दार्चुलाका १०, डडेल्धुराका ७ र  कैलालीका एक जनामा कोरोना पुष्टि भएको हो। कञ्चनपुरको पुनरवास नगरपालिकाका १३ जना पुरुष, भीमदत्त नगरपालिकाका दुई महिला र तीन पुरुष र शुक्लाफाँटा नगरपालिकाका एक जनामा कोरोना पुष्टि भएको हो।

दार्चुलामा शैल्यशिखर नगरपालिकाका ८ जना पुरुष, लेकम गाउँपालिका र महाकाली नगरपालिकाका एक/एक पुरुष, डडेल्धुराको परशुराम नगरपालिकाका तीन पुरुष, नवदुर्गा गाउँपालिकाका दुई पुरुष, अमरगढी नगरपालिकाका एक महिला र एक पुरुषमा कोरोना पुष्टि भएको अस्पतालले जनाएको छ।

यता कैलालीको जानकी गाउँपालिकाका एक जना पुरुषमा पनि कोरोना पुष्टि भएको छ। योसंगै सुदूरपश्चिममा संक्रमितको सङख्या एक सय ४७ पुगेको छ। अहिलेसम्म सबैभन्दा बढि कैलालीका ४८ जना, कञ्चनपुरमा ३२, अछामका १५, डडेल्धुरामा १४, दार्चुलामा ११, डोटीका १०, बझाङमा ७, बैतडीमा ६ र बाजुराका तीन जनामा कोरोना पुष्टि भएको छ।

पुष्टि भएका दुई जनाको मृत्यु भईसकेको छ भने १८ जना निको भएर घर फर्किसकेका छन्। अहिलेसम्म धनगढीको प्रयोगशालाबाट एक सय २९, सुर्खेतको प्रयोगशालाबाट १२, र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट ५ जनामा कोरोना पुष्टि भएको छ।

दार्चुला विशेष

दार्चुलाका १० जनामा सोमबार कोरोना संक्रमण पुष्टी भएको छ । धनगढीस्थित कोरोना परीक्षण प्रयोगशालामा गरीएको परीक्षणमा १० जना पुरुषको पिसिआर रिर्पोट पोजेटिभ आएको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले बताउनुभयो ।
सोमबार शैल्यशिखर नगरपालिकाका ८ जना पुरुष, लेकम गाउँपालिका र महाकाली नगरपालिकाका एक÷एक जना पुरुषमा कोरोना पुष्टी भएको हो ।

दार्चुलाकाे शैल्यशिखर नगरपालिकाका ३४, ३०, २७, २९, २०, १७, २०, २१ वर्षका ८ जना, लेकम गाउँपालिकाका ४२ वर्षका  र महाकाली नगरपालिकाका २८ वर्षका गरी १० जना पुरुषमा काेराेना संक्रमण पुष्टी भएकाे जिल्ला स्वास्थ्य कार्यालय दार्चुलाका जनस्वास्थ्य अधिकृत जयराज भट्टले जानकारी दिनुभयाे ।

यसअघि जेठ ८ गते महाकाली नगरपालिकाका पुरुषमा कोरोना संक्रमण पुष्टी भएको थियो । जिल्ला अस्पताल दार्चुलामा उपचाररत दार्चुलाका एकमात्र कोरोना संक्रमित पुरुषको दोस्रो रिपोर्ट नेगेटिभ आइसकेको र तेस्रो पटक पिसिआर परीक्षणका लागि थ्रोट स्वाबको नमुना धनगढी पठाइएको जिल्ला अस्पताल दार्चुलाले जनाएको छ ।

सोमबार धनगढी प्रयोगशालामा कञ्चनपुरका १९ जना, दार्चुलाका १०, डडेल्धुराका ७ र कैलालीका एक जनामा कोरोना पुष्टि भएको हो । योसंगै सुदूरपश्चिममा संक्रमितको सङख्या एक सय ४७ पुगेको छ ।

अहिलेसम्म सबैभन्दा बढि कैलालीका ४८ जना, कञ्चनपुरमा ३२, अछामका १५, डडेल्धुरामा १४, दार्चुलामा ११, डोटीका १०, बझाङमा ७, बैतडीमा ६ र बाजुराका तीन जनामा कोरोना पुष्टि भएको छ ।

पुष्टि भएका दुई जनाको मृत्यु भईसकेको छ भने १८ जना निको भएर घर फर्किसकेका छन्। अहिलेसम्म धनगढीको प्रयोगशालाबाट एक सय २९, सुर्खेतको प्रयोगशालाबाट १२, र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट ५ जनामा कोरोना पुष्टि भएको छ।

 

दार्चुलामा २० जना पुरुषको आरडिटी रिपोर्ट पोजेटिभ

दार्चुलामा भारतका विभिन्न सहरबाट भित्रिएका २० जना पुरुषहरुको आरडिटी रिपोर्ट पोजेटिभ आएको छ । सोमबार लेकम गाउँपालिकामा २ जना र अपिहिमाल गाउँपालिकाका १ जना गरी तीन जना पुरुषको आरडिटी पोजेटिभ देखिएको छ ।

आइतबारसम्म १७ जना पुरुषमा आरडिटी रिपोर्ट पोजेटिभ आएको थियो । हालसम्म आरडिटी पोजेटिभ देखिएका २० जनालाइ आइसोलेसन कक्षमा सारीएको स्वास्थ्य कार्यालय दार्चुलाका कोरोना भाइरस फोकल पर्शन बिरेन्द्र भट्टले जानकारी दिनुभयो । आरडिटी पोजेटिभ देखिएकाहरुको केहि दिन भित्रै थ्रोट स्वाबको नमुना संकलन गरी पिसिआर विधिबाट कोरोना परीक्षण गरीने भट्टले बताउनुभयो ।

भारतका विभिन्न सहरका साथै बाहिरी जिल्लाहरुबाट भित्रिएर क्वारेन्टाइनमा बसेकाहरुको आरडिटी परीक्षण भइरहेको छ । हालसम्म जिल्लाभरी २ हजार १ सय १० जनाको आरडिटी परीक्षण गरीएकोमा २० जनाको एन्टीबडी पोजेटिभ देखिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

 

शिक्षा क्षेत्रलाई पहिलो प्राथमिकता दिएका छौँः नगरप्रमुख नरसिंह चैसीर (अन्तरवार्ता)

२०८० माघ २४, बुधबार १२:३६

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?