बैतडीका ७ स्वास्थ्यचौकी १५ शैय्यामा स्तराेन्नति हुदै

दार्चुला । संघीय सरकारले लिएको नीतिअनुरुप बैतडीका सात स्वास्थ्यचौकीको स्तरोन्नति गर्दै १५ शैय्यामा विकास गरिने भएकाे छ।

जिल्ला स्वास्थ्य कार्यालय बैतडीका अनुसार सिगास गाउँपालिकामा रहेका गाँजरी स्वास्थ्य चौकी, पुर्चौडी नगरपालिकामा रहेको न्वादेव स्वास्थ्य चौकी, दोगडाकेदार गाउँपालिकाको सित्तड स्वास्थ्य चौकी, डिलाशैनी गाउँपालिकाको डिलाशैनी स्वास्थ्य चौकी स्तरोन्नती हुने भएका हुन् । यस्तै सुर्नया गाउँपालिकाको रौलेश्वर स्वास्थ्य चौकी, पञ्चेश्वर गाउँपालिकाको कुलाउ स्वास्थ्य चौकी, शिवनाथ गाउँपालिकाको सुल्लेखान स्वास्थ्य चौकीलाई पनि १५ शैय्यामा स्तारोन्नति गरिने भएको छ।

स्तराेन्नती हुने स्वास्थ्य चाैकीमा अगामी आर्थिक वर्षदेखि भवन निर्माण सुरु हुने गरी बजेटसमेत विनियोजन गरिएको स्वास्थ्य कार्यालय बैतडीले जनाएकाे छ ।यसअघि नै १५ शय्याको अस्पतालका रुपमा विकास गर्ने निर्णय गरिए पनि निर्माण कार्य शुरु हुन सकेकाे थिएन ।

१५ शय्याको अस्पतालबाट आधारभूत स्वास्थ्यसेवातर्फ जनशक्ति, स्वास्थ्य उपकरण तथा पूर्वाधारले भ्याएसम्म तोकिएका सबै किसिमका आधारभूत स्वास्थ्यसेवा प्रदान हुनेछन् । त्यसैगरी, बहिरंग सेवा, इन्डोर सेवा, प्रयोगशाला, २४ सै घण्टा आकस्मिक सेवालगायत उपलब्ध हुने जनाइएकाे छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?