बझाङ । कोरोना संक्रमणको जोखिम बढेको र परीक्षण सुस्त भएको भन्दै बझाङका स्थानीय तहले पीसीआर मेसिन खरिद गर्ने निर्णय गरेका छन् ।

सुदूरपश्चिमको प्रादेशिक प्रयोगशाला धनगढीमा एकमात्रै पीसीआर मेसिनको भर पर्दा रिपोर्ट आउन हप्तौं कुर्नुपर्दा संक्रमण फैलिने खतरा बढेकाले जिल्लामै प्रयोगशाला स्थापना गर्ने निर्णय गरेको जनप्रतिनिधिले बताएका छन् ।

सोमबार जिल्ला समन्वय समिति, सबै पालिका प्रमुखसहित सरोकारवालाको कोरोना संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) बैठकले पीसीआर मेसिन खरिद गर्ने निर्णय गरेको थलारा गाउँपालिकाका अध्यक्ष भुवनेश्वर उपाध्यायले बताउनुभयाे ।

‘प्रदेश प्रयोगशालाको भर पर्दा संक्रमण झन् फैलिने देखियो । जिल्लामै प्रयोगशाला स्थापना गर्ने निर्णयमा पुगेका हौं’,उनले भने, ‘जति सक्दो छिटो कोरोना परीक्षण प्रयोशाला स्थापना गर्ने गरी काम थाल्ने सहमति भएको छ ।

’प्रयोगशाला स्थापनाका लागि प्रत्येक गाउँपालिकाबाट १० लाख, नगरपालिकाले १५ लाख र समन्वय समितिले १५ लाख रकम जम्मा गर्ने निर्णय गरिएको सीसीएमसीका सदस्य रहेका छविस पाथीभेरा गाउँपालिकाका अध्यक्ष अक्कलबहादुर धामीले बतानुभयाे ।

यो रकम सबै स्थानीय तहले असार १ गतेभित्रै जिल्ला विपद् व्यवस्थापन समितिको खातामा जम्मा गर्ने र त्यसलगतै खरिद प्रक्रिया अघि बढाइने उहाँले बताउनुभयाे ।

जिल्ला अस्पतालका प्रमुख डा सन्दिप ओखेडाले पालिकाको निर्णयपछि प्रयोगशाला व्यवस्थापन र सञ्‍चालनको तयारीमा जुटेको बताउनुभयाे ।

प्रयोगशाला सञ्चालनका लागि आवश्यक जनशक्तिमध्ये हाल चार जना अस्पतालमा कार्यरत रहेका र एक ल्याब अधिकृत आवश्यक रहेकोले छिटो प्रक्रियाबाट पूर्ति गरिने उहाँले बताउनुभयाे । -कान्तीपुरबाट

प्रतिक्रिया

भर्खरै प्रकाशित

 

स्वस्थानी व्रत कथा शुरू, रेडियो लोकदर्पणमा ज्यो. ईन्द्रदेव जोशीको प्रस्तुती (भिडियोसहित)

२०८१ पुष २९, सोमबार ०८:३०

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?