दार्चुला । दार्चुलाकाे लेकम गाउँपालिका-२ कुणीका १ जना सहित सुदूरपश्चिममा आज थप १० जनामा कोरोना पुष्टि भएको छ।

धनगढीस्थित कोरोना परीक्षण प्रयोगशालामा कैलालीका ७, कञ्चनपुर, डडेल्धुरा र दार्चुलाका एक/एक गरी थप १० जनामा कोरोना पुष्टि भएको सेती प्रादेशिक अस्पतालले जनाएकाे छ ।

योसंगै सुदूरपश्चिममा संक्रमितको सङख्या एक सय ५८ पुगेको छ।

अहिलेसम्म सबैभन्दा बढि कैलालीका ५५ जना, कञ्चनपुरमा ३३, अछामका १६, डडेल्धुरामा १५, दार्चुलामा १२, डोटीका १०, बझाङमा ७, बैतडीमा ६ र बाजुराका तीन जनामा कोरोना पुष्टि भएको छ।

पुष्टि भएका दुई जनाको मृत्यु भईसकेको छ भने १९ जना निको भएर घर फर्किसकेका छन्।

अहिलेसम्म धनगढीको प्रयोगशालाबाट एक सय ४०, सुर्खेतको प्रयोगशालाबाट १२, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट ५ र दाङको प्रयोगशालाबाट एक जनामा कोरोना पुष्टि भएको छ।

दार्चुलाको लेकम गाउँपालिकाका २६ बर्षीय युवकमा म‌ंगलबार काेराेना पुष्टी भएसंगै जिल्लामा संक्रमितकाे संख्या १२ पुगेकाे छ । साेमबार एकै दिन १० जना संक्रमित थपिएका थिए ।

अहिलेसम्म शैल्यशिखर नगरपालिकाका ८ जना, लेकम गाउँपालिकाका २ जना र महाकाली नगरपालिकाका २ जनामा काेराेना पुष्टी भएकाे स्वास्थ्य कार्यालय दार्चुलाले जनाएकाे छ ।

दार्चुलामा पहिलाे पटक संक्रमण पुष्टी भएका महाकाली नगरपालिकाका पुरुष भने काेराेना जितेर घर फर्किसकेका छन् ।

प्रतिक्रिया

भर्खरै प्रकाशित

 

स्वस्थानी व्रत कथा शुरू, रेडियो लोकदर्पणमा ज्यो. ईन्द्रदेव जोशीको प्रस्तुती (भिडियोसहित)

२०८१ पुष २९, सोमबार ०८:३०

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?