दार्चुला । दार्चुलाको गोकुलेश्वर विमानस्थलसहित सुदूरपश्चिमका निर्माणसम्पन्न भएका, निर्माणाधिन र बन्द अवस्थामा रहेका विमानस्थलको मंगलवार निरीक्षण गरिएको छ । नागरिक उड्डयन प्राधिकरणको प्राविधिकसहितको टोलीले विमानस्थलको हवाइ निरीक्षण गरेको हो ।

२७ वर्षदेखि बन्द रहेको दार्चुलाको गोकुलेश्वर विमानस्थल, निर्माणसम्पन्न भएको बैतडीको पाटन विमानस्थल, डोटीको दीपायल विमानस्थल, बझाङको चैनपुर र बाजुराको कोल्टी विमानस्थलको हवाई निरीक्षण गरिएको हो । सुर्खेतबाट आएको नेपाली सेनाको जहाजले यी विमानस्थलको हवाई निरीक्षण गरेको हो ।

गोकुलेश्वरबाट लोकदर्पण टीभी अनलाइनका सम्बाददाता जिज्ञासु खत्रीले भन्नुभयो, आकाशबाटै भौगोलिक बनावटको निरिक्षण गरेर जहाज फर्किएको हो । जहाज कुनैपनि ठाउँमा अवतरण भएन ।

पाटन, चैनपुर र दीपायल विमानस्थल कालोपत्रे भएर परिक्षण उडानका लागि तयारी अवस्थामा रहेका छन् भने गोकुलेश्वर विमानस्थल २७ वर्षदेखि बन्द अवस्थामा रहेको छ । सुदूरपश्चिममा हाल गेटा विमानस्थलमात्रै सञ्चालनमा रहेको छ । कालोपत्रपश्चात सञ्चालनको तयारीमा रहेका विमानस्थल सञ्चालनमा आए यहाँको स्वास्थ्य, पर्यटन, धार्मिक क्षेत्रका साथै आर्थिक सम्वृद्धिमा टेवा पुग्ने विश्वास रहेको छ ।

गोकुलेश्वर विमानस्थल सञ्चालनका लागि विगतदेखी स्थानीयले माग गर्दै आएपनि सञ्चालन हुन नसक्दा यहाँका आर्थिक, धार्मीक, पर्यटकिय गतिविधिहरुले गति लिन सकेका छैनन् ।

चालु आर्थिक वर्षमा विमानस्थलको डिपिआर निर्माण गरेर अगामी वर्षका लागि १ करोड बजेट समेत विनियोजन गरिएकोले केहि वर्षभित्रै गोकुलेश्वर विमानस्थल सञ्चालनमा आउने अपेक्षा गरीएको छ ।

प्रतिक्रिया

भर्खरै प्रकाशित

 

ऐतिहासिक गोकुलेश्वर शिवरात्री मेला-२०८१ सम्पन्न (भिडियोसहित)

२०८१ फाल्गुन २२, बिहीबार ०९:२७

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?