एकैदिन तीन किशोरीमाथि बलात्कार, ४ जना पक्राउ

दार्चुला। बलात्कारको आरोपमा ४ जना पक्राउ परेका छन्। कैलाली जिल्लाको टीकापुर नगरपालिकाका १८ बर्षीय सन्दिप ठकुल्ला, २१ बर्षीय दिपक बुढा, १९ बर्षीय डम्बर ठकुल्ला र २० बर्षीय दिपक ठकुल्लालाई पक्राउ गरीएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

आज बिहान टीकापुर नगरपालिका वडा नम्वर १ स्थित रानी कुलो किनारमा १४ बर्षीय तीन किशोरीमाथि जवरजस्तीकरणी गरी फरार भएका उनीहरुलाई पक्राउ गरीएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरिक्षक प्रतिक विष्टले बताउनुभयाे।

ईलाका प्रहरी कार्यालय टिकापुरबाट खटिईएको प्रहरी टोलीले घटनामा संलग्नलाई पक्राउ गरेको हो। कैलाली जिल्ला अदालतबाट ७ दिनको म्यादथप गरी थप अनुसन्धान भईरहेको र अन्य फरारको खोजी भईरहेको प्रहरी नायव उपरिक्षक विष्टले बताउनुभयाे।

पक्राउ परेका चार जनालाई जिल्ला प्रहरी कार्यालय कैलाली ल्याइएको छ। -दिनेशखबरबाट

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?