दार्चुला । कञ्चनपुरकाे कृष्णपुर नगरपालिका वडा नम्बर ४ मा मोटरसाईकल दुर्घटना हुँदा बालिकाको मृत्यु भएकाे छ भने बुबा गम्भीर घाईते भएका छन्।

प्रहरीका अनुसार से ६ प ३३८९ नम्बरको मोटरसाईकल दुर्घटना हुँदा दुई वर्षीया जेनिसा खड्काको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता अमरबहादुर थापाले दुर्घटनामा परी घाईते भएकी बालिकाको उपचारका क्रममा धनगढीमा मृत्यु भएको जानकारी दिनुभयाे ।

मृतक बालिकाको शव परीक्षणका लागि सेती प्रादेशिक अस्पतालको शव गृहमा राखिएको छ।

दुर्घटनामा परी बालिकाका बुबा समेत रहेका माेटरसाइकल चालक ३० वर्षीय ज्ञानेन्द्र खड्का गम्भीर घाईते भएका छन्। खड्काकाे धनगढीको माया मेट्रो अस्पतालमा उपचार भईरहेको छ । उहाँकाे अवस्था चिन्ताजनक रहेकाे छ ।

सडकमा माेटरसाइकल चलाउदै गर्दा एकाएक सडकको माथिबाट रुखको हाङ्गा मोटरसाईकलमा परेपछि दुर्घटना भएकाे हाे ।

मालुबेला सडकमा रुखमा चढेर हाङ्गा काटिरहेका ५० वर्षीय प्रकाश चौधरी र ग्वासी विद्युत सहकारी संस्थाका अध्यक्ष प्रेम कार्कीलाई पक्राउ गरिएको प्रहरीले जनाएकाे छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

 

दार्चुलाको ऐरिछानामा भेटियो नयाँ ज्वोर्तिलिंग (भिडियोसहित)

२०८१ जेष्ठ २, बुधबार १२:५७

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?