दार्चुला । चीनले भारतद्वारा अतिक्रमित नेपाली भूमि लिपुलेक नजिकैको सीमावर्ती क्षेत्रमा सैन्य गतिविधि बढाएको छ।

नेपाल–भारत सीमा विवाद बढिरहेको समयमा चीनले ‘पिपुल्स लिबरेसन आर्मी’ (पीएलए) को एउटा बटालियनलाई लिपुलेक नजिकै तैनाथ गरेको भारतीय सञ्चारमाध्यमले जनाएकाे छ।

भारतले लिपुलेक हुँदै कैलाश मानसरोवरलाई जोड्ने सडक निर्माण गरेपछि नेपालमा चर्काे बिराेध हुनुका साथै नेपाली भूमिमा अबैध गतिबिधि बन्द गरि अतिक्रमित भूमि फिर्ता गर्न माग गरिएकाे छ ।

भारतले नेपालको गम्भीर आपत्तिका बाबजुद सडक निर्माण गरी उद्घाटनसमेत गरेपछि नेपाल–भारत सीमा विवाद उत्कर्षमा पुगेको छ ।

सीमा बिवाद समाधानका लागि नेपालले गरेकाे प्रस्तावलाइ भारतले वेवास्ता गर्दै अाएकाे छ ।

प्रतिक्रिया

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?