दार्चुला । कोरोना भाइरस सङ्क्रमणका कारण विश्वमा अहिलेसम्म सात हजार स्वास्थ्यकर्मीको ज्यान गएको  छ ।

सबैभन्दा धेरै मेक्सिकोमा स्वास्थ्यकर्मीको ज्यान गएको एम्नेस्टी इन्टरनेशनलले जनाएको छ । मेक्सिकोमा अहिलेसम्म एक हजार तीन सय २० जना स्वास्थ्यकर्मीको ज्यान गएको छ ।

मेक्सिको पछि अमेरिकामा एक हजार ७७ जना स्वास्थ्यकर्मीको ज्यान गएको छ । यस्तै बेलायतमा छ सय ४९ र ब्राजिलमा छ सय ३४ स्वास्थ्यकर्मीको ज्यान गएको एमनेस्टीलाई उदृत गर्दै बीबीसीले जनाएको छ । यस्तै भारत र दक्षिण अफ्रिकामा पनि स्वास्थ्यकर्मी जोखिममा परेका छन् ।

अहिलेसम्म भारतमा छ सय ७३ र दक्षिण अफ्रिकामा दुई सय ४० जनाको ज्यान गएको छ । उपचारमा खटिने स्वास्थ्यकर्मीकै ज्यान जानुले समस्या थप बढ्दै जाने देखिएको पनि एमनेस्टीले जनाएको छ ।

प्रतिक्रिया

भर्खरै प्रकाशित

 

चर्मण्वती डेउडा उत्सवको उपाधी दयाकृष्ण पन्तलाई, मञ्जु गिरी उपविजेता (भिडियोसहित)

२०८१ भाद्र २२, शनिबार १९:११

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?