भारत र चीनबीच सीमा क्षेत्रमा थप सैनिक नपठाउने सहमति भएको छ ।

सीमा विवादका कारण तनाव बढिरहेको बेला कमाण्डर तहमा भएको छैटौँ चरणको वार्तामा दुई देशबीच सीमा क्षेत्रमा थप सैनिक नपठाउने सहमति भएको अंग्रेजी पत्रिका द हिन्दूले जनाएको छ ।

वार्तापछि निकालिएको संयुक्त विज्ञप्तीमा सीमामा थप सैनिक नपठाउनेसहित अहिलेको अवस्थामा कुनै किसिमको परिवर्तन नगर्ने सहमति पनि बनेको खबरमा उल्लेख छ ।

दुवै देशले वास्तविक नियन्त्रण रेखामा अवस्था स्थिर बनाउनका लागि प्रयास गर्ने सहमति गरेका छन् । तर अहिले नै सैनिकलाई पछि हटाउने सहमति भने नबनेको खबरमा उल्लेख छ । यस्तै जतिसक्दो छिटो कोर कमाण्डर स्तरको सातौं चरणको बैठक वार्ता गर्ने पनि सहमति भएको छ ।

सीमा पारी शान्ति कायम गर्नको लागि पनि कुनै ठोस कदम उठाउने बारेमा वार्ता भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

 

प्रेस चौतारी नेपालको तेस्रो केन्द्रीय बैठक १५ बुँदे दार्चुला घोषणपत्र जारी गर्दै सम्पन्न

२०८० मंसिर १३, बुधबार १५:२६

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?