कोरोना भाइरसबाट विश्वभर ज्यान गुमाउनेको संख्या १० लाख नाघेको छ।   विश्वरभर १० लाख ३ सय ५० जनाको मृत्यु भएको छ।

अमेरिकामा मात्र २ लाख मानिसको मृत्यु भएको छ। विश्वभर पछिल्लो २४ घण्टामा मात्र २ हजारभन्दा बढी मानिसले कोरोनाका कारण ज्यान गुमाएका छन्।  त्यस्तै विश्वको दोस्रो धेरै संक्रमण रहेको भारतमा पनि ९४ हजारभन्दा बढीको मृत्यु भइसकेको छ। अमेरिकामा सात लाख मानिसमा कोरोना संक्रमण फैलिसकेको छ भने भारतमा पनि ६ लाखभन्दा बढी संक्रमित भइसकेका छन्।

विश्वभर तीन करोड ३१ लाख मानिसमा यसको संक्रमण भइसकेको छ। भलै अमेरिकामा पछिल्ला केही दिनमा संक्रमितको संख्यामा कमी आएको देखिएको छ। पछिल्लो २४ घण्टामा अमेरिकामा ८ हजार मानिसमा यसको संक्रमण भएको छ।  त्यसैगरी ब्राजिलमा पनि कोरोनाबाट ज्यान गुमाउनेको संख्या १ लाख ४१ हजार नाघिसकेको छ। १ लाख ५१ हजार संक्रमित रहेको रुसमा २० हजारभन्दा बढीको मृत्यु भएको छ।

नेपालमा पनि पछिल्लो २४ घण्टामा १५ सय ७३ जनामा कोरोना संक्रमण भएको छ। त्यसैगरी नेपालमा हालसम्म ४ सय ७७ जनाको कोरोना कारण मृत्यु भइसकेको छ।

प्रतिक्रिया

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?