अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि कर नतिरेको आरोप लागेको छ । राष्ट्रपति ट्रम्पले सन् २०१६ मा आयकर स्वरुप ७ सय ५० डलर मात्रै तिरेको द न्यूयोर्क टाइम्सले जनाएको छ ।

उहाँले सन् १९८५ देखि १९९४ को बीचमा क्यासिनो र रियल इस्टेटको व्यापारमा १ अर्ब १७ करोड डलर घाटा भएको बताउनुभएको थियो ।घाटाका कारण ट्रम्पले यो १० वर्षको अवधिमा ८ पटक कर तिर्नु नपरेको तथ्य बाहिर आएको छ ।

ट्रम्पको कम्पनीले नोक्सान भएको रिपोर्ट बनाएर कर छली गरेको दाबी गरिएको छ । राष्ट्रपति ट्रम्पले भने कर नतिरेको सम्बन्धी समाचार गलत भएको भन्दै खबरको खण्डन गर्नुभएको छ ।

आफूले कर तिर्दै आएको उहाँको दाबी छ । सन् २०१६ मा राष्ट्रपति बनेपछि ट्रम्पका छोराले कारोबार सम्हाल्दै आउनुभएको छ ।

ट्रम्पको ट्याक्स सम्बन्धी आँकडालाई लिएर डेमोक्र्याट्सले त्यसमा छानबिन गर्न माग गर्दै आएका छन् ।

प्रतिक्रिया

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?