बैतडीमा थप सात जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
डडेल्धुरा अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा थप सात जनामा कोरोना पुष्टि भएको हो । कोरोना पुष्टि हुनेमा सातै जना पाटन नगरपालिकाका रहेका छन ।
कोराना पुष्टि भएका ६ जना भारतबाट फर्केका छन् भने १ जना ट्राभल हिस्ट्री नभएका रहेका छन ।
यो संगै जिल्लामा संक्रमितको संख्या ४३५ पुगेको छ । कोरोना पुष्टि भएका मध्ये २८ जना सक्रिय संक्रमित रहेका छन् भने १ जनाको मृत्यु भईसकेको छ । ४०६ जना भने कोरोना संक्रमण निको भएर घर फर्किसकेका छन् ।




