दार्चुला सदरमुकास्थित महाकाली नगरपालिका वडा नम्बर ४ र ५ बाट कन्ट्रर्याक्ट ट्रेसिङ अनुसार सोमबार ७२ जनाको स्वाब संकलन गरेर परीक्षणका लागि डडेल्धुरा अस्पताल प्रयोगशाला पठाइएकोमा ६८ जनाको नमुना परीक्षण गर्दा ३९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । महाकाली नगरपालिका वडा नम्बर ४ र ५ मा संक्रमित बढ्दै गएकोले संक्रमणको जोखिम समुदायमा थप फैलिन नदिन जिल्ला प्रशासन कार्यालय दार्चुलाले महाकाली नगरपालिका वडा नम्बर ४ को सम्पूर्ण क्षेत्र र वडा नम्बर ५ को गल्फै, ऐरान, तल्लासैन र मोहती क्षेत्रमा निषेधाज्ञा जारी गरेको छ ।

महाकाली नगरपालिकाको सिफारिसमा असोज २९ गते विहिवार बेलुकी ८ बजेदेखि अर्को सूचना जारी नभएसम्मका लागि निशेधाज्ञा जारी गरिएको निमित्त प्रमुख जिल्ला अधिकारी ज्वोत्स्ना भट्ट जोशीले जानकारी दिनुभयो ।

उक्त क्षेत्रमा स्वास्थ्य सुरक्षाका मापदण्डको पालना गर्दै अत्यावश्यक सेवा डेरी, तरकारी तथा फलफुल र खाद्य सामाग्री २०७७ साल असोज ३० गते विहान ७ बजेदेखि ९ बजेसम्म मात्र खुल्ला रहने तथा औषधी पसल २४ सैँ घण्टा खुल्ला सहन सक्ने र तोकिएको समय बाहेक अन्य समयमा कुनै पनि किसिमको आवतजावत गर्न नपाउने गरी निशेधाज्ञा जारी गरिएको जिल्ला प्रशासन कार्यालय दार्चुलाले जनाएको छ ।

निशेधाज्ञा अवधिभर अस्पताल, औषधी पसल लगायत अन्य स्वास्थ्य सम्बन्धि निकाय र सुरक्षा निकाय बाहेक अन्य कार्यालयहरुबाट प्रदान गरिने सम्पूर्ण सेवाहरु कार्तिक २ गतेदेखि बन्द गर्ने निर्णय गरिएको छ । निशेधाज्ञाको उल्लङघन गरेको पाइएमा संक्रामक रोग ऐन २०२० अनुसार कारवाही हुने जिल्ला प्रशासन कार्यालय दार्चुलाले जनाएको छ ।

विहिबार कोरोना पुष्टि भएका मध्ये १४ जना सशस्त्र प्रहरी ४४ नम्बर गण हेडक्वाटर दार्चुलाका सुरक्षाकर्मी, दुई जना जिल्ला कारागार दार्चुलाका कैदीहरु, तीन जना रेडक्रस दार्चुलाका र बाकि मोहतीका स्थानीय रहेका छन् । संक्रमण पुष्टि हुनेमा मोहतीका १२ जना महिला समेत रहेका छन् ।

कारागारबाट दुई जनाको स्वाब पठाउदा दुबैमा कारोना पुष्टि भएपछि कारागारमा कोरोनाको जोखिम बढेको छ । क्षमता भन्दा बढी कैदीबन्दी रहेको कारागारमा कोरोना पुष्टि भएपछि असुरक्षा बढेको कैदीबन्दीहरुले गुनासो गरेका छन् ।

एकै दिन ३८ जना थपिएसंगै दार्चुलामा कोरोना संक्रमितको संख्या एक सय ९१ पुगेको छ । संक्रमितमध्ये ९८ जनाले कोरोना जितेका छन् । ९३ जना संक्रिय संक्रमित रहेको स्वास्थ्य कार्यालय दार्चुलाले जनाएको छ । आठ जना आइसोलेसन र ८५ जना होम आइसोलेसनमा रहेका छन् ।

हेर्नुहोस जिल्ला प्रशासन कार्यालय दार्चुलाले जारी गरेको आदेशपत्र

 

प्रतिक्रिया

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?