दार्चुला । नेपालमा कोरोनामुक्त हुनेको सङ्ख्या ७४ दशमलव १ प्रतिशत नाघेको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार अहिलेसम्म एक लाख १८ हजार ८ सय ४३ जनाले कोरोनालाई जितेका छन् ।

प्रदेश १ मा ११ हजार २९, प्रदेश २ मा १६ हजार ४ सय ७८, वाग्मतीमा ५७ हजार ९ सय ५५, गण्डकीमा पाँच हजार ७ सय ६०, लुम्बिनीमा १४ हजार ५ सय १०, कर्णालीमा चार हजार ६ सय २० र सुदूरपश्चिममा आठ हजार ४ सय ९१ सङ्क्रमणमुक्त भएको मन्त्रालयको तथ्याङ्क छ ।

यसरी नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या एक लाख ६० हजार ४ सय पुगेको छ । ४० हजार छ सय ८१ सक्रिय सङ्क्रमित आइसोलेशनमा रहेको मन्त्रालयले जनाएको छ ।

झापा, मोरङ, सुनसरी, काठमाण्डौ, भक्तपुर, ललितपुर, चितवन, मकवानपुर, काभ्रेपलाञ्चोक, कास्की, नवलपरासी पूर्व, दाङ, रुपन्देही, बाँके, सुर्खेत र कैलालीमा ५ सय बढी सक्रिय सङ्क्रमित छन् ।

हालसम्म नेपालमा कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या ८ सय ७६ पुगेको छ ।

प्रतिक्रिया

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?