दुहुँ गाउँपालिकाको विषयमा सामाजिक संञ्जालमा केही विकास निर्माणका कार्यमा अनियमितता भएको भन्दै पोष्ट गरिए पनि हाल स्थानीय तह भए यताका कार्यमा भने खासै त्यस्तो अनियमितता नभएको र विकास निर्माणका कार्य सन्तोषजनक रहेको मेरो बुझाई छ ।
अन्य नगरपालिका/गाउँपालिकाको जस्तो प्रचारप्रसार हुन नसके पनि विकास र सम्बृद्धिको बाटोमा दुँहु गाउँपालिका अग्रस्थानमा र सकारात्मक रहेको दिशामा रहेको मैले अनुभव गरेको छु ।
विकास र सम्बृद्धिको पक्षमा काम गर्दा दुँहु गाउँपालिका को कहि कतै कमिकमजोरी भएको भए आफ्ना कमिकमजोरीलाई आत्मसाथ गरि सच्याएर सकारात्मक र जनताको हितमा आफ्नो योजना तथा कार्ययोजना बनाउदै गाउँपालिका अगाडि बढ्नेमा हामीले विश्वास लिएका छौँ ।
दुँहु गाउँपालिकाको सकारात्मक पक्ष भनेको त्यहाका जनता सचेत, सभ्य, शिष्ट र अनुशासित छन् । बेलाबेलामा गाउँपालिकाको ध्यानाकर्षण गराईरहेका हुन्छन् ।
जनता सचेत, सभ्य, शिष्ट र अनुशासित हुदा पनि दुँहु गाउँपालिकालाई काम गर्न निकै सहज भएको छ । दुँहु गाउँपालिकाले जनता सँग हातेमालो गर्दै अगाडि बढ्ने हो भने विकास र सम्बृद्धि धेरै पर नहोला। विकासमा हुने गरेको गलत राजनीतिक व्यवहार र ढिलासुस्ती अन्त्य हुन सके गाउँपालिकाले थप गति लिन सक्ने मेरो सोचाई छ ।
✍️यहाँ समग्र दुहुँको विकास र सम्बृद्धिमा प्रत्यक्ष सरोकार राख्ने केही योजनाको छोटकरीमा चर्चा गर्न चाहान्छु ।
१) सिद्धटोपी भ्युटावर :- झट्ट हेर्दा नरमाइलो लागे पनि यसलाई विस्तृत रुपमा अध्ययन, अनुसन्धान गरेर तथा गहिरिएर बुझ्ने हो भने यसले धेरै ठुलो अर्थ राख्दछ । सुन्दर, शान्त, स्वच्छ, हावापानी भएको दुहुँ गाउँपालिकाको पर्यटकीय क्षेत्रलाई यसले झन आकर्षित तुल्याएको छ ।
२) नेपालकै दोस्रो लामो बहुउद्देश्यीय झोलुङ्गे पुल :- यो दुहुँ गाउँपालिकाको मात्र नभएर समग्र दार्चुलाको गतिलो पहिचान हो यसको सहि सदुपयोग गर्न सक्यौं र सकारात्मक तवरले प्रचारप्रसार गर्न सक्यौ भने दुहुँ गाउँपालिकाका युवाहरुको रोजगारी तथा आयस्रोतको माध्यम बन्ने सम्भावना देख्न सकिन्छ । तर पुल निर्माण कार्यमा ढिलाई हुनु दुहुँबासीका लागि दुखद विषय हो ।
३) चिल्ड्रेन पार्क :- वर्षेनी बालबालिका लगेर महाकाली नगरपालिकाको खलंगा, महेन्द्रनगर, धनगढी वा गाउँपालिका बाहिर जानेको संख्या यसले रोक्दछ ।
दुहुँ गाउँपालिकामा यस्ता थुप्रै सकारात्मक कार्य भईरहेका छन् । हामी जनता सचेत भएर गाउँपालिकासंग हातेमालो गरि साथ सहयोग गर्ने हो भने अबको एक दशक पछि दुहुँ गाउँपालिका विकास र सम्बृद्धिको क्षेत्रमा नमुना गाउँपालिका बन्न सक्ने सम्भावना छ ।
अन्त्यमा, कुरा गरौ प्रतिपक्षको यतिबेला दुहुँ गाउँपालिकामा प्रतिपक्ष सुतेको छ, या सुते जस्तो गरेको छ, या अघाएर मस्त डगार्दैछ त्यो हामीलाई थाहा भएन, यदि प्रतिपक्षले आफ्नो सहि भुमिका निर्वाह गरिदिए अझ दुहुँ गाउँपालिका लाई सशक्त र सकारात्मक ढङ्गले काम गर्न थप उर्जा मिल्ने थियो ।
दुहुँ गाउँपालिकाको समग्र विकास र सम्बृद्धिको हार्दिक शुभकामना !
“कार्की गाउँ फुलभाडी दार्चुला“
पदम सिह कार्की (Aabash)
दुहुँ गाउँपालिका ३ ब्रह्मदेव, दार्चुला ।




