पत्रकार कमलराज जोशीमा कोरोना संक्रमण पुष्टि

दार्चुला एफएमका स्टेशन म्यानेजर एबं एभिन्युज टेलिभिजन दार्चुलाका सम्वाददाता कमलराज जोशीमा कोरोना संक्रमण पुष्टि भएको छ ।

सेती प्रादेशिक अस्पतालमा गरिएको पीसीआर परीक्षणमा कोरोना संक्रमण पुष्टि भएको हो ।

एकसातादेखि ज्वरो आएर थप उपचारको लागि धनगढीको माया मेट्रो अस्पतालमा भर्ना हुनुभएका जोशीको आज कोरोना रिपोर्ट पोजेटिभ देखिएको हो ।

जोशीलाई कोरोना पोजेटिभ देखिएपछि सेतीको कोभिड अस्पताल धनगढीमा भर्ना गरिएको छ । उहाँको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको बताइएको छ ।

यसअघि दार्चुलामा २६० जनामा कोरोना संक्रमण पुष्टि भएकोमा ६ जना मात्रै सक्रिय संक्रमित रहेका छन् ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?